अर्थतन्त्र जटिल मोडमा पुग्यो, सुधार्न गम्भीर पाइला चाल्न आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्र जटिल मोडमा पुगेको भन्दै सुधार्न आवश्यक पाइला चाल्न आवश्यक रहेको बताएकी छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय अर्थतन्त्रका सूचकहरुमा केही सुधारको संकेत भएको भए पनि यसको दिगोपना आवश्यक रहेको बताइन् । उनले नेपालको अर्थतन्त्रमा समस्या देखिनुमा नेपालको आन्तरिकका साथै बाह्य कारणहरुसमेत जिम्मेवार रहेको बताइन् ।

विश्व अर्थतन्त्रमा आएको उतारचढाव, कोभिड महामारीजस्ता समस्याले पनि अर्थतन्त्रलाई जटिल मोडमा पुर्याएको उनले बताइन् । यस्ता विषयलाई कारण देखाएर पन्छिन सुविधा हामीलाई नभएकोले सुधारको उपाय अवलम्बन गर्नुपर्ने उनले बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after