News desk

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र डिग्री माइलाको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ मा दयाहाङ राई, आँचल शर्माको मुख्य भुमिका रहेको छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो । चलचित्रमा दया …

पुरा पढ्नुहॊस »

बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकार मातहत ल्याइयो

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै शुक्रबार जग्गा सरकारीकरण गर्ने निर्णय गरेको हो । कार्यालयले आज पत्रकार सम्मेलन गर्दै बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारेमा …

पुरा पढ्नुहॊस »

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । मन्त्रालयमा एक पत्रकार सम्मेलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त जग्गा सरकारीकरण गरेको जानकारी दिए ।

पुरा पढ्नुहॊस »

सरकारले भन्यो- सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन, संसदीय छानबिन समिति बन्दैन

काठमाडौं । सरकारले सहकारीसम्बन्धी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको छानबिनका लागि संसदीय समिति नबन्ने स्पष्ट पारेको छ । शुक्रबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा विषय उठाउन नहुने बताइन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति नबनाए आगामी संसद् बैठक चल्न नदिने चेतावनी दिएको छ । सरकारका प्रवक्ता समेत रहेकी शर्माले छानबिन समिति गठनको आवश्यकता सरकारले नदेखेको बताइन् । ‘सैद्धान्तिक …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबिच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबिच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाइएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा विभिन्न सन्देश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घण्टाघर – भद्रकाली – जमल हुँदै पुनः कमलादीमा पुगेर टुङ्गिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, १४ हजार बढीको सहभागिता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रूपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता …

पुरा पढ्नुहॊस »

आयरल्यान्ड वुल्भ्सको नेपाल भ्रमण क्रिकेट एक्सन स्पोर्टसमा

काठमाडौं । नेपाली क्रिकेट टोली रटेष्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) बीच हुने क्रिकेट सिरिजका खेलहरु डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोम र क्यानको सम्झौता अनुसार आयरल्यान्ड वुल्भ्सले नेपालमा खेल्ने ८ खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने छ । नेपालको राष्ट्रिय टोली गुजरात र बडोदासँग टि–२० त्रिकोणात्मक सिरिजका लागि भारत जानुअघि पाहुना टोली आयरल्यान्ड वुल्भ्ससँग चैत १२ र र १३ गते टी २० क्रिकेट …

पुरा पढ्नुहॊस »

हाजिरी जमानतमा छुटे माओवादी उपाध्यक्ष महरा

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो ।

पुरा पढ्नुहॊस »