काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाले प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा बालुवाटारबाटै ५१ भन्दा धेरै कार्यकर्ता पक्राउ परेका छन् । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको जानकारी दिए ।
रास्वपाले बालुवाटारको नेपाल हाउस नजिक प्रदर्शन गर्ने बताए पनि प्रहरीले रोकेपछि केही तल भाटभटेनी नजिक पीपल बोटमा प्रदर्शन गरेको छ ।
तपाईंको प्रतिकृया




