News desk

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

कठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५०० क्यासब्याक पाउनेछन् । बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘FLYYETI’ प्रोमो कोड प्रयोग गरी ५०० क्यासब्याक पाउनेछन् । ग्राहकहरुले यो प्रोमो …

पुरा पढ्नुहॊस »

कोशी प्रदेशका मन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका हुन् । उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

पुरा पढ्नुहॊस »

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितनजिक, समर्थकलाई सम्बोधन

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आइरहँदा स्विङ स्टेट जर्जिया रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा देखिएको छ । यसले ट्रम्पको अमेरिकाको ४७ औं राष्ट्रपति बन्ने बाटो सहज बनाइ दिएको छ ।अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जित उन्मुख भएका छन् । यसअघि नर्थ क्यारोलाइना पनि ट्रम्पको पोल्टामा परिसकेको छ । नर्थ क्यारोलाइनाका १६ र जर्जियाका १६ स्थानमा विजय हासिल गरेसँगै ट्रम्पलाई राष्ट्रपति बन्न सजिलो हुने देखिएको हो । …

पुरा पढ्नुहॊस »

धादिङमा दुई वटा बस ठोक्किए, १३ जना घाइते

काठमाडौं । धादिङको आदमघाटमा दुई वटा यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । बुधबार धादिङको आदमघाटमा दुई वटा यात्रुवाहक बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख दिपेन्द्र शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी लोकमार्गमा काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नं.को बस र विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नं.को बस एक आपसमा ठोक्किएका थिए। शाहीले भने, ‘१३ जना घाइते भएको भन्ने …

पुरा पढ्नुहॊस »

बुधबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । तिहार पछिको दोश्रो कारोबार दिन बुधबार पहेलो धातु सुनको मूल्य बढेको छ । आज सनुको मूल्य तोलामा ३ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, यो दिन चाँदीको मूल्य भने तोलामा …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार साँझ उनीहरूलाई पाँच किलो सात सय ग्राम सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ र दुई जना म्यानमारका नागरिक रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । एयर अरेबियाको उडान नम्बर जी ९५३० मा …

पुरा पढ्नुहॊस »

अजरबैजान जाँदै राष्ट्रपति पाैडेल

काठमाडौं । बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप २९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान प्रस्थान गर्ने भएका छन्। अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागिेका हुन्। राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन …

पुरा पढ्नुहॊस »

अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता बनाएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो । निर्वाचनमा पूर्व राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ । धेरै राज्यहरूमा मतदान समाप्त अमेरिकामा राष्ट्रपतीय …

पुरा पढ्नुहॊस »

ज्यान मार्ने उद्योगमा सांसद मनाङे दोषी ठहर, ५ वर्ष कैदको फैसला सदर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

पुरा पढ्नुहॊस »

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार  दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति …

पुरा पढ्नुहॊस »