News desk

रविलाई गृह मन्त्री बनाएकोमा कांग्रेसले संसद्‌मा जनायो आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै संसदमा ध्यानाकर्षण गराएको छ । कांग्रेस सांसद सुशिला थिङले प्रधानमन्त्रीले विवादित मन्त्रीलाई सरकारमा ल्याएको भन्दै ध्यानाकर्षण गराएकी हुन् । उनले विगतमा विवादित मन्त्रीको विषय संसदमा उठिरहेको बेला प्रधानमन्त्रीले फेरि विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाइन् । सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेलाई सरकारमा सामेल गराएकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको उनले बताइन् । उनले पूर्व उपराष्ट्रपतिको परिवार सुन …

पुरा पढ्नुहॊस »

लोकसेवाले माग्यो ५३७ खरिदार, कुन ठाउँबाट कति ? (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले ५ सय ३७ जना खरिदारका लागि आवेदन माग गरेको छ । आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो । आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ । लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा …

पुरा पढ्नुहॊस »

प्रिय रन्जिता, मैले तिमीलाई सम्झाउन सकिन : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशमलाल चौधरीले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्ष र आफूबीचको विवाद घर झगडा नभएर विषय राजनैतिक भएको बताएका हुन् । तर पत्नीसमेत रहेकी अध्यक्ष रन्जितालाई सम्झाउन नसकेको उनको भनाई छ । ‘म उनलाई (रन्जितालाई) सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ …

पुरा पढ्नुहॊस »

तुल्सीपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना

काठमाडौं । दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको गढवा गाउँपालिका-१ स्थित कालाकाटे जुरौनीमा प्रदेश ३-०१-००६ ख ०९७४ नम्बरको रात्रीबस दुर्घटनामा परेको हो ।

पुरा पढ्नुहॊस »

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि …

पुरा पढ्नुहॊस »

विश्वासको मत लिँदै प्रधानमन्त्री, यस्तो छ संसद्को अङ्कगणित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । २०७९ सालको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । सत्ता गठबन्धन फेरबदलका कारण प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

पुरा पढ्नुहॊस »

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति (पत्रसहित)

काठमाडौं । आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको छ । मंगलबार राति गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सहमति भएको हो । सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाइने भएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले स्थानान्तरण गर्‍यो गोंगबु शाखा

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट सेवा विस्तार गरेको छ। गत फागुन २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरूको उपस्थितिमा गरेका हुन्। यसैगरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी फागुन २७ गतेदेखि सेवा सुरू गरेकोे छ। हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, …

पुरा पढ्नुहॊस »

निफमा केपी ओलीसँग राजेश हमालले सिनेमा संवाद गर्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओलीले अभिनेता राजेश हमालसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तक्र्रियामध्ये एउटा सेसनमा ओली र हमाल संवाद गर्ने भएका हुन् । सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रबार ११ बजे देखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ । दुईबीचको संवाद राष्ट्रिय सभागृहको हलमा हुनेछ …

पुरा पढ्नुहॊस »