News desk

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेको छ । यसदिन नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ । बिहीबारको बजारमा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रूपैयाँको सेयर कारोबार भएको छ । गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रूपैयाँको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८२ करोड रूपैयाँ …

पुरा पढ्नुहॊस »

देशभरका सीडीओलाई गृहको २१ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन जारी गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन जारी गरेका हुन् । सबै प्रमुख जिल्ला अधिकारीहरूलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न निर्देशन दिइएको छ । जिल्लामा हुने गैरकानुनी गतिविधिहरूलाई पूर्णतया निस्तेज गर्न तीन महिनाको अल्पकालीन कार्ययोजना बनाएर …

पुरा पढ्नुहॊस »

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

काठमाडौं । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई एपी आई म्यानेजमेन्ट सिस्टम (एपीआईएमएस) उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ। समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीका अनुसार सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ। अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै …

पुरा पढ्नुहॊस »

हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

काठमाडौं । समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा समृद्धिका लागि हरित ऊर्जा भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने जलविद्युत उत्पादन र सेवा प्रतियोगिता आयोजना गर्न लागिएको हो …

पुरा पढ्नुहॊस »

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ । चिकित्सालय ‘भान्साघर औषधालय’ कार्यक्रममार्फत स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको हो । हालै काठमाडौंको तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा कक्षाहरु सम्पन्न गरिएका छन् । गत भदौदेखि ३ पटक सञ्चालन गरिएको कार्यक्रममा १ ५३ जनाको सहभागीता रहेको थियो । नागरिकहरूले आफ्नो घर तथा भान्सामा उपलब्ध हुने जडिबटीहरु औषधिका रूपमा प्रयोग गरुन् भन्ने उदेश्यले कार्यक्रम …

पुरा पढ्नुहॊस »

प्रिभिलेज बैंकिङ : सिटिजन्स बैंकले ग्राहकको घरमै पुगेर दिन्छ सेवा

अहिले बैंकिङ क्षेत्रमा चर्चा पाएको विषय हो ‘प्रिभिलेज बैंकिङ’ । ग्राहकले आफूले चाहेको बैंकिङ सेवालाई छिटो, छरितो, विश्वसनीय र गुणस्तरीय बनाउनका लागि बैंकहरूले प्रिभिलेज बैंकिङ सेवा दिइरहेका छन् । त्यसमध्ये सिटिजन्स बैंक इन्टरनेश्नलले पनि प्रिभिलेज बैंकिङमार्फत् ग्राहकको मन जित्दै आएको छ । सिटिजन्स बैंक ठूलो हुँदै जाँदा ग्राहकलाई विशेष सेवा दिने उद्देश्यले सन् २०१९ बाट प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको हो ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलको आग्रह- लोकतान्त्रिक गणतन्त्रले राखेका लक्ष्य पूरा गरौँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताएका छन् । मुस्लिम आयोगको पाचौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जाजाति, भाषा, …

पुरा पढ्नुहॊस »

राष्ट्रिय योजना आयोगको सदस्यमा चार सदस्य नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको हो । निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुणामणि पौडेललाई बढुवा गर्ने …

पुरा पढ्नुहॊस »

धरानमा हत्या गरिएकी युवतीको परिचय खुल्यो

काठमाडौं । सुनसरीको धरानमा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको शवको सनाखत भएको छ । धरान-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको शवको सनाखत भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीकाअनुसार उक्त शव धरान-१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठ रहेको खुलेको छ । ‘बुधबार साँझ अभिभावक आएर शवको सनाखत गरेका छन् । …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ भजे तेजाबी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत फागुन २९ गते …

पुरा पढ्नुहॊस »