News desk

महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले तोयम रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संवैधानिक परिषद बैठकले सचिव रायालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए । हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक …

पुरा पढ्नुहॊस »

कीर्तिमानी मूल्यबाट ओर्लिएन सुनको भाउ, आज पनि प्रतितोला १ लाख ३० हजार

काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भईरहेको हो । तेजाबी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

रोकी राखेको बसमा कार ठोक्कियो, चालकसहित ३ जना घाइते

काठमाडौं । पृथ्वीरामार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार बिहान भएको दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना५ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको वाग्मती बी एसी ५७४० नम्बरको कार बसको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ बस्ने ३१ वर्षीय विकाश त्रिपाठी रहेका छन् । यस्तै कारमा …

पुरा पढ्नुहॊस »

भाडामा बस्ने परिवार तीन दशकमा तीन गुणा

काठमाडौं । देशमा भाडाको घरमा बस्ने परिवारको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ को विश्लेषणात्मक प्रतिवेदनले १२ दशमलव ८ प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको देखाएको हो । २०६८ को जनगणनाले पनि १२ दशमलव ८ प्रतिशत परिवार नै भाडाको घरमा बस्ने गरेको देखाएको थियो । यद्यपि दुई दशकअघि २०५८ सालमा ८ दशमलव ९ प्रतिशत मात्रै भाडाका घरमा बस्थे । तीन दशकअघि २०४८ …

पुरा पढ्नुहॊस »

झुम्का कारागारभित्र एक कैदीबन्दीको मृत्यु

काठमाडाैं । सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाई सुभाष राईले माग गरे । न्यायधीशको …

पुरा पढ्नुहॊस »

नयाँ भनिएका पार्टीहरू स्टन्टमै रमाए : नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नयाँ भनिएका दल प्रचारबाजीमा लागेको आरोप लगाएका छन् । उपनिर्वाचनको वस्तुस्थिति बुझ्न इलाम पुगेका खतिवडाले नयाँ खद कामभन्दा सतही प्रचारमा लागेको बताएका हुन् । कांग्रेस क्षेत्रीय कार्यसमितिको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले नयाँ भनिएका पार्टीहरू काम नगरी सबै कुरामा स्टन्टमा रमाएका जिकिर गरे । ‘नयाँ जोगीहरू खरानी धेरै घस्ने मात्र हुन्,’ नेता खतिवडाले भने, ‘अरू केही गर्ने होइनन् ।’ कांग्रेसले ०७, ०१५, ०४६ …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी …

पुरा पढ्नुहॊस »

आजदेखि मौसम खुल्ने (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पछिल्लो आम निर्वाचनको मत अनुसार इलाम-२ मा को अगाडि ?

काठमाडौं । उपनिर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण हुने भएको छ । विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका दलहरूको आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा शक्ति परीक्षण हुने भएको हो । अब प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन्  । हालसम्मको राजनीतिक परिदृश्य अनुसार उपनिर्वाचनमा दलहरूबीच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले …

पुरा पढ्नुहॊस »