रामेछाप सुमो दुर्घटनाका सबै मृतकको परिचय खुल्यो

काठमाडौं – रामेछापमा शुक्रबार भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडास्थित खिम्ती-बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका-१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका-५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका-४ बेलाती जोगीडाँडाकी २८ वर्षीया सविना गजमेर विक छन् । पाँचै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल मन्थली लगिएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनालाई काठमाडौं ल्याइएको छ । घाइतेहरूमा कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा, रामेछापको गोकुलगंगा गाउँपालिका-४ का ४ वर्षीय बालक (मृतक सविनाका छोरा) रविन विक र गोकुलगंगा गाउँपालिका-४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की छन् । उनीहरू सबैको काठमाडौंको ट्रम सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालाचतुर्दशी : पितृको नाममा छरियो शतबीज

काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको …

प्रतिकृया दिनुहॊस