हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ। क्यापिटलले प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानमा मिति २०८१ कात्तिक ९ गते, शुक्रबारको दिन लगानीकर्ता शिक्षा तथा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो।

हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत,राम प्रसाद भट्टराईबाट सहभागीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया, धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोष सम्बन्धि जानकारी प्रदान गर्दै छलफल गरिएको थियो। साथै पूँजी बजारको निरन्तर बिकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने उद्देश्यको साथ कार्यक्रम संचालन गरिएको थियो।

उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका, प्यूठानका स्थानीयहरु लाभान्वित हुने बिश्वास क्यापिटलले गरेको छ ।

कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

हिमालयन क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस