News desk

फोनपेद्वारा प्राइम कमर्सियल बैंकको सहकार्यमा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’

काठमाडौं । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोनपेले हालै प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। फोनपेले विभिन्न क्षेत्र एवं समुदायहरुमा डिजिटल पेमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। सुरक्षित एवं सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न, एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्न जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा यो साक्षरता …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइज बैंकसँग मर्जर प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ। सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ। नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको …

पुरा पढ्नुहॊस »

नेपालभर ‘आदीपुरुष’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । भारतीय चलचित्र ‘आदीपुरुष’ को प्रदर्शन रोकिने भएको छ । उक्त चलचित्रका लागि नेपालको वितरक कम्पनी ब्यांकटेस फिल्सले सोमबारदेखि नेपालभर उक्त चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको हो । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ वितरक कम्पनीका निर्देशक मनोज राठीले भने । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौँका हलहरुमा उक्त चलचित्रको प्रदर्शन रोकेका छन् । जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेन शाहले …

पुरा पढ्नुहॊस »

त्रिवि कुटपिट प्रकरण : उपप्राध्यापक प्रेम चलाउने पक्राउ

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका हुन् । सोमबार काठमाडौँ जिल्ला अदालत परिसरमा होहल्ला गरेको आरोपमा चलाउनेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालले जानकारी दिए । अहिले चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते …

पुरा पढ्नुहॊस »

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिरको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार …

पुरा पढ्नुहॊस »

हर्क साम्पाङको निर्देशन- धरानमा ‘आदिपुरुष’को प्रदर्शन रोक्नू

काठमाडौँ । धरानमा विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । मेयर हर्क साम्पाङले नगरभित्रका हलहरूमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् । ‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन् । यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो । ‘सुरुमा काठमाडौँका मेयर बालेन शाहले आदिपुरुषमा रहेको ‘सीता भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि चल्न नदिने घोषणा गरेका हुन् …

पुरा पढ्नुहॊस »

किसानको मेहनत सडकमा पोखिएको दृश्यले मन थाम्न मुस्किल हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानका उत्पादनको उचित मूल्य दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा आइतबार कालीमाटीकामा फ्याँकिएका गोलभेँडाको फोटो राख्दै उनले यस्तो बताएका हुन् । आम्दानीको ग्यारेन्टी गर्न नसक्दासम्म कृषि क्षेत्रको विकास नहुने अध्यक्ष ओलीले बताए । ‘जबसम्म हामी किसानलाई उनीहरूका उत्पादनको उचित मूल्य र आम्दानीको ग्यारेन्टी गर्न सक्दैनौँ, तबसम्म हामी कृषिलाई अर्थतन्त्र र रोजगारीको बलियो खम्बा बनाउन सक्दैनौँ,’ उनले भनेका छन् । उनले आफ्नो सरकारको …

पुरा पढ्नुहॊस »

हिल्सा जाँदै गरेको जिप कर्णालीमा खस्यो

काठमाडाैँ  । कर्णाली नदीमा जिप खसेको छ। सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए। नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए। जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले जानकारी दिए। उनलाई उपचारका …

पुरा पढ्नुहॊस »

कैलालीको गोदावरीमा युवती मृत फेला

काठमाडौँ । कैलालीको गोदावरीमा एक युवती मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा नामथर नखुलेकी अन्दाजी २५/३० वर्षीया युवती सोमबार मृत फेला परेकी हुन् । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन् । मृत्युको कारण पनि खुल्न सकेको छैन । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

वैदेशिक लगानीमा लक्ष्य भेट्न मुस्किल

काठमाडौं । विश्वव्यापी मन्दीका कारण नेपालको प्रत्यक्ष वैदेशिक लगानी चालु आर्थिक वर्षमा निराशाजनक रहेको छ। यो आवको जेठसम्म कुल ३४ अर्व ५८ करोड वैदेशिक लगानी स्वीकृत भएको छ । वर्ष सकिन एक महिना बाँकी रहँदा वैदेशिक लगानी स्वीकृति गत वर्षभन्दा निकै कम हुने देखिएको छ । जेठमा सुधारसँगै थपिएको ४ अर्ब ९६ करोड लगानी प्रतिबद्धताले यस क्षेत्रमा केही राहत देखिए पनि गत वर्षको लक्ष्य भेट्न असारमा मात्र १९ अर्व ५७ …

पुरा पढ्नुहॊस »