News desk

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय …

पुरा पढ्नुहॊस »

मिनबहादुर गुरुङसहित ३ जनालाई हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र सर्वाेच्चले माग्याे जवाफ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा अवैध रुपमा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र जवाफ दिन सर्वाेच्च अदालतले आदेश दिएकाे हाे । उक्त काण्डमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार साह र धर्मप्रसाद गौतमलाई थुनामा राख्नुकाे कारणबारे अदालतले लिखित जवाफ मागेकाे हाे । उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन जिल्ला अदालत काठमाडौँमा दर्ता गरेपछि उक्त …

पुरा पढ्नुहॊस »

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले सिरहाको लहानस्थित शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायमोभले एक कार्यक्रम माझ उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए। आजदेखि यो सेन्टर ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, …

पुरा पढ्नुहॊस »

ढल्यो एमाले नेतृत्वको कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ । उनले विश्वसाको मत पाउन नसक्दा नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेको छ । मुख्यमन्त्रीमा विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । तर, उनको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४३ सांसदले मतदान गरे । ९३ …

पुरा पढ्नुहॊस »

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : आरजु राणा

काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताएकी छिन् । टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट पारेकाे टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । ‘वैदेशिक लगानी पुँजी …

पुरा पढ्नुहॊस »

मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौँ । एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त प्रतियोगिताको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएको हो । पहिले ब्याटिङ गरेको नेपालले जितका लागि मलेसियासामू १८४ रनको चुनौती दिएको थियो । लक्ष्य पछ्याएको मलेसिया ३३.५ ओभर खेलेर ९९ रन बनाउँदै अल आउट भयो । मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ …

पुरा पढ्नुहॊस »

इलाममा योगेश भट्टराईलाई कालो झन्डा देखाइएको प्रति एमालेको आपत्ति

काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएको घटनाप्रति एमालेले आपत्ति जनाएको छ । भट्टराई बिहीबार ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाममा कालो झण्डा देखाइएको थियो । ‘इलाममा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा इलाम बजारमा केही उच्छृङ्खल व्यक्तिहरूले अभद्र व्यवहार गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख गगन विष्टले जारी गरेको विज्ञप्तिमा …

पुरा पढ्नुहॊस »

शुक्रबार पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ सामान्य बढेको छ । शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ …

पुरा पढ्नुहॊस »

काठमाडाैं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ घाइते

काठमाडाैं । कपिलवस्तुमा रात्री बस दुर्घटना भएको छ। बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो। दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार बसमा चालिस यात्रु सवार थिए। घाइतेहरूमा चार पुरूष र दुई महिला छन्। तीमध्ये एक पुरूष र एक महिलाको अवस्था मध्यम …

पुरा पढ्नुहॊस »

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो । उनी प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको हो । बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनकै आग्रहमा सभामुख बाबुराम गौतमले …

पुरा पढ्नुहॊस »