News desk

अन्तर्जातीय विवाहको निहुँमा घरमा आगजनी

काठमाडौँ । जुम्लामा अन्तर्जातीय विवाहपछि केटापक्षको घरमा आगजनी भएको छ । तातोपानी-४ गिडीखोलामा २१ वर्षीय मुकुन्द नेपालीको घरमा आगजनी भएको हो । गिडीखोला निवासी नेपाली थरका एक युवाले स्थानीय नाबालिगसँग प्रेमबिहे गरेका थिए । स्थानीयका अनुसार ती दुवै जनाले २ वर्षको प्रेमपछि अन्तरजातीय विवाह गरेका हुन् । यद्यपि आफन्तले किशोरी १६ वर्षको मात्र भएको बताएका छन् । बिहे अवैध भएपनि कानुनअनुसार अगाडि बढ्नुपर्नेमा घर नै जलाइदिएको घटना बाहिर आएको हो । घरमा आगजनी …

पुरा पढ्नुहॊस »

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँ बढेको सुनको भाउ सोमबार प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र …

पुरा पढ्नुहॊस »

वाम एकताको कुराबाट कांग्रेस तरंगित हुनुपर्दैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले कायोजना गरेको कार्यक्रममा उनले कम्युनिष्टहरुबीचको एकताले कांग्रेस तरंगित हुनुनपर्ने र कांग्रेससँग सम्बन्धमा पनि कुनै दरार नआउने बताएका छन् । कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उनले कांग्रेससँगै मिलेर ति राजनीतिक उपलब्धिको रक्षा गरिने बताए । कांग्रेससँग …

पुरा पढ्नुहॊस »

झापामा हात्तीले कुल्चिँदा सिलगुढीकी पन्नादेवीको ज्यान गयो

काठमाडाैँ । झापाको मेचीनगर नगरपालिका-१० मा जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । वडाध्यक्ष नारायण खनालका अनुसार हात्तीले कुल्चिँदा स्थानीय ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्ने गरेकी थिइन् । झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका-२ मा ५३ वर्षीय …

पुरा पढ्नुहॊस »

गिरिजाप्रसाद कोइरालाको तस्बिरमा प्रचण्डले गरे माल्यार्पण

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् । यहीबीच प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोइरालाको तस्बिरमा माल्यार्पण गरेका छन् । जन्म शताब्दीको …

पुरा पढ्नुहॊस »

स्वास्थ्य संयोजककी श्रीमती नक्कली स्वास्थ्यकर्मी, सुई लगाउँदै गर्दा पक्राउ

बैतडी । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ । स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उनले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ । पुर्ख्यौली घर जनकपुर भए पनि विगत १७ वर्षदेखि बैतडी बस्दाबस्दै …

पुरा पढ्नुहॊस »

खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडाैँ । पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो । ‘पहिरो पन्छाउने काम सकिएपछि अहिले दुईतर्फी नै सवारी सञ्चालन भएको छ,’ उनले भने । पहिरोमा परी एउटा ट्रक पनि पल्टिएको थियो । उक्त ट्रकलाई सडक …

पुरा पढ्नुहॊस »

आज गुरु पुर्णिमा व्रत/व्यास जयन्ती

गुरु पूर्णिमाको पर्वले विद्यार्थी र शिक्षकबिचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ। संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशको पनि भाग पनि बनेको छ, यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञानताको अन्धकार हटाउने व्यक्ति हो भनी व्याख्या गरिएको छ । ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥ अर्थात् “हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा …

पुरा पढ्नुहॊस »

डेंगु संक्रमित इन्जिनियरको मृत्यु, रत्नहरी अस्पतालमा तालाबन्दी

काठमाडौँ । तनहुँमा डेंगु संक्रमित एक इन्जिनियरको मृत्यु भएको छ । डेंगुको सङ्क्रमणबाट व्यास नगरपालिकाको घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको मृत्यु भएको हो । व्यास नगरपालिका-१० दुम्सी निवासी शर्माको शनिबार राति ९ बजे पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शर्मा बिरामी भएपछि असार १३ गते दमौली स्थित रत्नहरी अस्पतालमा भर्ना भएका थिए । बिरामीको स्वास्थ्यमा सुधार हुँदै गएकोमा एक्कासि बिरामीले पेट धेरै दुख्यो भनेपछि एम्बुलेन्स राखेर …

पुरा पढ्नुहॊस »

नेपाल आयल निगमले आईओसीको सबै ऋण तिर्‍यो, पाक्षिक १ अर्ब ६० करोड नाफामा

काठमाडौँ । खाना पकाउने एलपिजी ग्यासको मूल्य भारतबाट घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नयाँ मूल्य सूचीमा प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको हो । नयाँ मूल्यसँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको नेपाल आयल निगमले जनाएको छ । यसअघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो। आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ । डिजेलमा प्रतिलिटर …

पुरा पढ्नुहॊस »