नेपालभर ‘आदीपुरुष’को प्रदर्शन रोक्ने निर्णय

काठमाडौं । भारतीय चलचित्र ‘आदीपुरुष’ को प्रदर्शन रोकिने भएको छ ।

उक्त चलचित्रका लागि नेपालको वितरक कम्पनी ब्यांकटेस फिल्सले सोमबारदेखि नेपालभर उक्त चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको हो । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ वितरक कम्पनीका निर्देशक मनोज राठीले भने ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौँका हलहरुमा उक्त चलचित्रको प्रदर्शन रोकेका छन् ।

जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेन शाहले उक्त संवाद सच्याउन निर्माण पक्षलाई ३ दिनको समय दिए पनि निर्माण पक्षले भारतमा प्रदर्शन भएको उक्त फिल्मको संबाद सच्याएको थिएन । त्यसपछि उनले कुनै पनि भारतीय चलचित्र काठमाडौँ महानगरमा नचलाउने निर्णय लिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after