News desk

माइ पे डिजिटल वालेटले एसईई पास गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडाैं । माइ पे डिजिटल वालेटले मासिक पाँच हजार रुपैयाँसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ। युवाहरुमाझ लोकप्रिय यस वालेटले एसईई पास भएका १०० जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। एसईई पास गरेका युवा विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले बताए। ‘नवीन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसात गर्न सक्दछन्,’ मेहताले भने, …

पुरा पढ्नुहॊस »

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडाैं । पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो । पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए । त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए । ‘ठूलो पहिरो खसेको होइन । एकचोटी पहिरो खस्छ, त्यसको ५-७ मिनेट …

पुरा पढ्नुहॊस »

वेव चलचित्र ‘मत मर्छु कि क्या हो’ युट्युबमा

काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव चलचित्र ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो चलचित्र ओटिटी प्लेटफर्म ‘ओ हो मुभिज’मा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युबमा सोमबार सार्वजनिक गरिएको हो । चलचित्रमा उहाँहरूलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देखिनुभएको छ । चलचित्रमा धुर्मुस् र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, …

पुरा पढ्नुहॊस »

दुग्ध बोर्ड खारेज नगर्न निर्देशन

काठमाडौं । संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको समयमै उपलब्धता, पशु चौपायामा देखापरेको लम्पी स्किन रोग नियन्त्रणलगायत सरकारलाई विभिन्न तीनबुँदे निर्देशन दिएको छ । समितिले कृषकलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउने व्यवस्था गर्न र वितरण कार्यलाई न्यायोचित र व्यवस्थित गर्न, पशु चौपायामा देखापरेको लम्पी स्किनलगायत सरुवा रोग रोकथाम कार्य तत्काल प्रभावकारीरूपमा गर्न, दुग्ध विकास बोर्ड र कपास विकास समिति खारेज नगर्न कृषि तथा पशुपक्षी …

पुरा पढ्नुहॊस »

विस्फोट भएको टाइटन पनडुब्बीको भग्नावशेष भेटियो

एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी केही समय अगाडि एट्लान्टिक महासागर भित्रै विस्फोटन भयो । डनडुब्बीमा सवार सबै पाँचै जनाले ज्यान गुमाए । यतिबेला अमेरिका र क्यानडाका खोजकर्ताहरूले दुर्घटनाग्रस्त पनडुब्बीको पार्टपुर्जाको भग्नावशेष गहिरो पानीबाट बाहिर निकालेका छन् । अमेरिकी तटरक्षकका अनुसार टाइटन पनडुब्बीको क्षतिग्रस्त हिस्सामा मानव अवशेषजस्तो वस्तु पनि भेटिएको छ । पनडुब्बीको भग्नावशेष महासागरबाट क्यानडाको सेन्ट जोन ल्याइएको छ । अधिकारीहरूका अनुसार पनडुब्बीको ल्यान्डिङ फ्रेम र रियर …

पुरा पढ्नुहॊस »

यी हुन् सरकारले ६ महिना गरेका मुख्य काम (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका ६ महिनाका उपल्धि सार्वजनिक गरेको छ । बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । हेर्नुहोस् पूर्णपाठ : पूर्णपाठ

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न आर्थिक सहयोग

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित धम्बोझीमा रहेको एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भवन निर्माण उपभोक्ता समितिलाई सहयोग प्रदान गरेकोे जनाएको छ। एक समारोहका बीच बैंकले रू एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मालाई हस्तान्तरण गरेको हो। ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष शर्माले जानकारी दिए। ज्येष्ठ नागरिकहरूका लागि …

पुरा पढ्नुहॊस »

फोनेपेको नेटवर्कमा नमस्ते पे आबद्द

काठमाडाैं । भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’ बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता भएको छ। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यूआर भुक्तानी गर्न सक्छन्। सम्झौतामा हस्ताक्षरपछि बोल्दै …

पुरा पढ्नुहॊस »

सामुदायिक लघुवित्तको मूल्य नेप्सेमा समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार १२४ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।  

पुरा पढ्नुहॊस »

निजी विद्यालयलाई बालेनको निर्देशन- सामुदायिक सरहको तलब दिनू

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका छन् । महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उनले उल्लेख गरेका छन् । ‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत …

पुरा पढ्नुहॊस »