News desk

महाकालेश्वरबाट ल्याएको जल चढाउन प्रधानमन्त्री पशुपतिमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका हुन् । उनलाई पशुपतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए । पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री …

पुरा पढ्नुहॊस »

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

काठमाडौं – सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन् । कुनैका धेरै छन् त कुनैका थोरै । पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ । केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो । तर, त्यो स्थान लामो समय ओगट्न सकेन । शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको …

पुरा पढ्नुहॊस »

बैंकमा पैसाको थुप्रै तर, कर्ता प्रवाह न्युन

काठमाडाैँ । पछिल्लो समय कर्जा प्रवाह न्यून हुँदै जाँदा बैंकमा निक्षेपको थुप्रो लाग्न थालेको छ। अर्थतन्त्रमा आएको सुस्तता र उच्च व्याजदरका कारण कर्जाको माग नै हुन नसक्दा बैंकमा निक्षेप थुप्रिन थालेको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म)को वित्तीय अवस्थाले बैंकमा निक्षेपको थुप्रो लागेको देखाएको हो । प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन …

पुरा पढ्नुहॊस »

शुभकालिकामा मध्यराति जिप पल्टिदा तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडाैँ । कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला …

पुरा पढ्नुहॊस »

नक्कली भुटानी शरणार्थी प्रकरणः आजपनि थुनछेक बहस

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहनेछ । शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण …

पुरा पढ्नुहॊस »

विदेशी पर्यटकले नेपालमा गर्नेभन्दा नेपालीले विदेश घुम्दा गरे दोब्बर बढी खर्च

काठमाडौँ । नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा विदेश घुम्दा नेपालीले गर्ने खर्च दोब्बर बढी देखिएको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा घुम्न आउने पर्यटकहरूले गर्ने खर्चभन्दा दोब्बर विदेश जाने नेपालीहरूले खर्च गरेका हुन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांककाअनुसार चालु आवको १० महिनामा नेपालमा आउने पर्यटकहरूबाट ५१ अर्ब ८७ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीहरूबाट भने १ खर्ब २ अर्ब रुपैयाँ बाहिरिएको छ । …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्फ युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

पुरा पढ्नुहॊस »

एकतावद्ध भएर अघि बढ्न काँग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए । शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे । सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन …

पुरा पढ्नुहॊस »

नेपालमा कहिले घट्छ गर्मी ?

काठमाडौँ । उखरमाउलो गर्मीका कारण केही दिनयता देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागले तराई भूभागमा अझै केही दिन ‘लू’ अर्थात् तातो हावा चल्न सक्ने भएको सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको छ । असह्य गर्मीका कारण तराई भूभागमा शिक्षण संस्थाहरू समेत बन्द गरिएको छ । विभागका अनुसार बिहीवार नेपालका चार ठाउँमा अहिलेसम्मकै सर्वाधिक तापक्रम मापन गरिएको छ । नवलपरासीको दुम्कौली, सुनसरीको धरान बजार, इलामको …

पुरा पढ्नुहॊस »