सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न आर्थिक सहयोग

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित धम्बोझीमा रहेको एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भवन निर्माण उपभोक्ता समितिलाई सहयोग प्रदान गरेकोे जनाएको छ। एक समारोहका बीच बैंकले रू एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मालाई हस्तान्तरण गरेको हो। ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष शर्माले जानकारी दिए।

ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको हो। जसले उनीहरूको विभिन्न समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरूको आवाजलाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ।

जेष्ठ नागरिक क्लबले उनीहरूलाई आफ्ना समस्याहरू समाधान गर्न, सदस्यहरूद्वारा पारस्परिक रूपमा लाभ उठाउन र पुनः निर्माण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, १४१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after