वेव चलचित्र ‘मत मर्छु कि क्या हो’ युट्युबमा

काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव चलचित्र ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो चलचित्र ओटिटी प्लेटफर्म ‘ओ हो मुभिज’मा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युबमा सोमबार सार्वजनिक गरिएको हो ।

चलचित्रमा उहाँहरूलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देखिनुभएको छ । चलचित्रमा धुर्मुस् र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय छ ।

यसमा लेखन तथा निर्देशन धुर्मुस्-सुन्तली दुवैले गरेका छन् । धुर्मुसले भनेका छन्, ‘यसलाई हामीले वेव फिल्म भनेका छौं । ठूलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरूपमा फिल्म निर्माण गर्नेछन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after