विस्फोट भएको टाइटन पनडुब्बीको भग्नावशेष भेटियो

एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी केही समय अगाडि एट्लान्टिक महासागर भित्रै विस्फोटन भयो । डनडुब्बीमा सवार सबै पाँचै जनाले ज्यान गुमाए ।

यतिबेला अमेरिका र क्यानडाका खोजकर्ताहरूले दुर्घटनाग्रस्त पनडुब्बीको पार्टपुर्जाको भग्नावशेष गहिरो पानीबाट बाहिर निकालेका छन् । अमेरिकी तटरक्षकका अनुसार टाइटन पनडुब्बीको क्षतिग्रस्त हिस्सामा मानव अवशेषजस्तो वस्तु पनि भेटिएको छ ।

पनडुब्बीको भग्नावशेष महासागरबाट क्यानडाको सेन्ट जोन ल्याइएको छ । अधिकारीहरूका अनुसार पनडुब्बीको ल्यान्डिङ फ्रेम र रियर कभर क्षतिग्रस्त रूपमा भेटिएका छन् ।

अमेरिकी तटरक्षकले एक बयान जारी गर्दै अब अमेरिकी डाक्टरहरूले पनडुब्बीको भग्नावशेषसँगै भेटिएको वस्तु मानव अवशेष हो कि होइन भनेर औपचारिक अनुसन्धान गर्नेछन् ।

कोस्टगार्ड मारिन बोर्डका अनुसार समुद्रमा भेटिएको पनडुब्बीको क्षतिग्रस्त पाटपुर्जा अमेरिका नै पठाइनेछ त्यहाँ उक्त दुर्घटना कसरी भयो भनेर पनि पत्ता लगाउन जाँच गरिनेछ । गत १८ जुनमा टाइटन पनडुब्बी समुद्रमुनि गएको ९० मिनेटभित्रै बेपत्ता भएको थियो ।

सन् १९१२ मा टाइटानिक जहाज एट्लान्टिक महासागरमा डुबेको थियो । त्यही जहाजको भग्नावशेष हेर्न पनडुब्बीमा पाँच जना मानिस १२ हजार ५०० फिट समुद्रमुनि गएका थिए ।

पनडुब्बी विस्फोट हुनेबित्तिकै सबैले ज्यान गुमाएको बताइएको छ । यतिबेला पनडुब्बीको भग्नावशेष भेटिएसँगै दुर्घटना कसरी भयो भनेर पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ । बीबीसीको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after