सान्जेन जलविद्युत आयोजनाको पावर हाउस निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने

रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको पावर हाउसको निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने भएको छ । सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएकाले पावर हाउसको काम सुरु गर्न लागिएको हो ।

सुरुङको सर्पोट र ढलान गर्ने कार्य सकिएको आयोजना प्रमुख सुदन सिंह महतले बताए । ‘आयोजनामा अहिले हाइड्रोमेकानिकलको काम भइरहेको छ, उनले भने, आगामी चैतसम्ममा हेडबक्सको काम सकिन्छ ।’ जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो । १४.८ मेगावट क्षमताको  आयोजनाको ६८ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

३ सय ५० मिटर पेनस्टकमा पाइप राख्नुपर्नेमा २३ मिटर पाइप राखिएको छ । २०७६ मंसिरसम्ममा निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि अहिलेसम्म दुई पटकसम्म म्याद थप गरिएको छ ।  दोस्रो पटक थपिएको म्याद अनुसार आगामी माघसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा दुई पटकसम्म म्याद थप गरिएको थियो । आयोजनाले फेरि पनि म्याद थप गर्नका लागि प्रक्रिया सुरु गरेको छ ।

आयोजनाकोे भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ । सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेकोे छ । सिभिल कार्यमा इसीआई बज्रगुरु जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ ।

आयोजनाको सिभिलतर्फ ६८, इलेक्ट्रोमेकानिकलतर्फ ५३ र हाइड्रोमेकानिकलतर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाले पावर हाउसदेखि चिलिमे हवसम्म ७ किलोमिटर प्रशारण लाइन निर्माण गर्नुपर्छ । १३२ केभी क्षमताको प्रशारण लाइन निर्माणका लागि मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएर कार्य अघि बढेको आयोजनाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन …

प्रतिकृया दिनुहॊस