एनआरएनएले एक करोड एलईडी बल्ब बाड्ने

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुई वर्ष भित्र नेपालमा एक करोड एलईड लाईत वितरण गर्ने भएको छ । तीन सय मेगावाटको विद्युत बचत गर्ने उद्देश्यसहित एनआरएनएले एक करोड बल्ब वितरण गर्ने भएको हो ।

एनआरएनएले आइतरबार काठमाडौंमा आयोजना गरेको पहिलो एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन अन्तर्गतको दिगो ऊर्जा विषयक सत्रमा एनआरएनए ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा. बद्री केसीले दुई वर्षभित्र सरकारसँगको सहकार्यमा एक करोड एलईडी बल्ब वितरण गर्न लागिएको जानकारी दिएको खबर कारोबार दैनिकमा छ ।

लाइट वितरणपश्चात मुलुकमा ३ सय मेगावाट विद्युत बचत हुने र अहिलेको परम्परागत ४० वाट लाईट बराबरको विद्युत क्षमता १० वाटको एलईडीबाटै हुने भएकाले यसमा उल्लेख्य फाइला पुग्ने सम्योजक कसीकाे भनाइ थियाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राहुघाटको ८० प्रतिशत निर्माण सकियो, आगामी असारभित्र निर्माण सक्ने लक्ष्य (तस्बिरहरु)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

प्रतिकृया दिनुहॊस