News desk

सिटिजन्स बैंकले शेयरधनीलाई ३.६% बोनस शेयर र १.६% लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले आ.व.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि उक्त प्रतिवेदनमा पारित गरेको छ । बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७४/७५ …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको तीनवटा प्रदेश कार्यालयहरुको स्थापना

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको नितीमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको वित्तिय साक्षरता अभियान

काठमाडौं । कुमारी बैंक लिमिटेडले रुकुमको सोलाबाङ्गमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भसँगै फिनलिट नेपालको सहकार्यमा वित्तिय साक्षरता एवं संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । पश्चिम रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ्गमा स्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रममाझ विद्यालयको आधुनिक शैक्षिक प्रणालीमा मद्धत पु¥याउने उद्देश्यले बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका अध्यक्ष लोक बहादुर ददेललाई १ थान ल्यापटप र १ थान प्रोजेक्टर हस्तान्तरण गरे । …

पुरा पढ्नुहॊस »

देशभर माघे संक्रान्ति पर्व मनाइँदै, काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडाैँ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजका दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ। आजैदेखि दिन लामो र रात छोटो हुँदै जाने पनि विश्वास गरिन्छ। तिलको लड्डु, चाकु, घ्यू, तरुल, खिचडीजस्ता परिकार खाएर आज देशभर धुमधामका साथ माघे संक्रान्ति मनाइँदैछ। जाडोमा न्यानो प्रदान गर्ने ताता परिकार खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ। यस पर्वका अवसरमा आज देशका विभिन्न …

पुरा पढ्नुहॊस »

सरल कर्जा उपलब्ध गराउन सरकारलाई चुनौती, ऋणका लागि १५ हजार आवेदन

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका युवाको ठूलो समूह सरल कर्जा फारम भर्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा लाइन लागिरहेको छ। सरल कर्जाका लागि आवेदन म्याद पुस मसान्त (आज) सम्म भएकोले ऋण लिएर उद्यमी बन्न चाहने युवाको भीड बोर्डमा देखिएको हो। सरकारले सोचेभन्दा निकै ठूलो संख्यामा युवा कर्जाका लागि आकर्षित भएर आवेदन दिइरहेका छन्। सहुलियत कर्जा वितरणमा सरकारलाई भने निकै चुनौती देखिएको छ। सरकारले फारम भर्नेजति सबैलाई सरल कर्जा उपलब्ध गराउन सक्छ …

पुरा पढ्नुहॊस »

भ्यालेन्टाइन डेको दिन लगनगाँठो कस्दै वर्षा र संजोग

काठमाडाैँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका अभिनेतृ वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गर्ने भएका छन्। उनीहरुले सोमबार फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका छन्। वर्ष र संगोग आउँदो फागुन दुई गते भ्यालेनटाइन डे (प्रणय दिवस)का लगनगाँठोमा कसिने भएका हुन्। उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी र मिति घोषणा गर्दे भनेका छन्, ‘योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको मूल्य समायोजन

काठमाडौं । बैंक अफ काठमाण्डूको १४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २ सय ८८ दशमलव ६० तोकेको छ । नेप्सेले बैंकको आधार मूल्य रू. ३ सय २८ दशमलव ३० लिएको हो ।

पुरा पढ्नुहॊस »

एनएमबि माइक्रोफाइनान्सको बोनस सेयर पारित, हकप्रद पनि जारी गर्ने

काठमाडाैँ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर दिने भएको छ । लघुवित्तले आर्थिक बर्ष २०७४/७५को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद सेयर जारी गरी  पुँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले सञ्चालक समितिका अध्यक्ष उतम …

पुरा पढ्नुहॊस »

नेप्सेको सेयर बेच्ने तयारीमा राष्ट्र बैंक

काठमाडाैँ । नेपाल स्टक एक्स्चेन्जको गत आर्थिक वर्ष खुद नाफा घटेको छ। सेयर कारोबारमा मन्दी आउँदा नेप्सेको खुद नाफा १० करोड १८ लाख रुपैयाँले घटेको हो। एक्स्चेन्जका अनुसार गत आवमा कम्पनीले २६ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष ३७ करोड २० लाख कमाएको थियो। सेयर कारोबार उच्च हुँदा ब्रोकरको कमिसनसहित नेप्सेले लिने शुल्क बढ्न आउँछ, जसले आम्दानी बढाउँछ। तर कारोबार नै मन्दी भएपछि ब्रोकरको कमिसनसहित नेप्सेको …

पुरा पढ्नुहॊस »

१४ लाखबढीको अवैध सामानसहित दुई पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ।  गस्ती तथा चेकजाचका क्रममा प्रहरीले १४ लाखबढीको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो। जिल्लाको मायादेवी गाउँपालिका वडा नं.२ पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० बटा कम्बल बरामद गरिएको छ। लु १ स २९८४ अटो रिक्सामा अबैध रुपमा ल्याउँदै गरको रु १ लाख ८ हजार बराबरको कम्बल र १० लाख बराबरको …

पुरा पढ्नुहॊस »