१४ लाखबढीको अवैध सामानसहित दुई पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ।  गस्ती तथा चेकजाचका क्रममा प्रहरीले १४ लाखबढीको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो। जिल्लाको मायादेवी गाउँपालिका वडा नं.२ पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० बटा कम्बल बरामद गरिएको छ। लु १ स २९८४ अटो रिक्सामा अबैध रुपमा ल्याउँदै गरको रु १ लाख ८ हजार बराबरको कम्बल र १० लाख बराबरको अटोरिक्सा बरामद गरिएको हो।

कम्बलसगै कपिलबस्तु शुद्धोधन गाउपालिका १ बस्ने बर्ष २२ को रामकेवट र मायादेवि गाँउपालिका ५ बलुहवा बस्ने बर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन्।  यस्तै कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.६ भिल्मिबाट भारतबाट भन्सार छली अबैधरुपमा नेपाल भित्राएको २ ओटा साईकल र कपडा बरामद गरीएको हो। प्रहरी चौकी भिल्मिबाट खटिएको गस्ति टोलीले बाक्लो सल १८ थान, ज्याकेट १२ थान, लेडिज स्विटर ५९ थान बरामद गरेको हो। बरामद समाग्री कुल ५० हजार बराबारको रहेको प्रहरीले जनाएको छ। बरामद साईकल र सामान ईलाका प्रहरी कार्यालय कृष्णनगरमा पठाईएको छ। बरामद सामग्री भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताएका छन्।

यस्तै, इलाका प्रहरी कार्यालय महाराजगंजले औराहा चोकमा बिना स्टिकरको पराग गुट्खा बरामद गरेको छ। लु ११ प ८८६७ र लु १८ प २३९८ नं.को मोटरसाइकलमा लोड गरी ल्याउँदै गर्दा ८ बोरा पराग गुटखा सहित मोटरसाइकल बरामद गरीएको हो। अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य १ लाख  ५० हजार बराबरको गुटखा  र  २ लाख पर्ने मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय महाराजगंजले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

बुधबार र बिहीबार भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सामान्यतया सफा रहने बताएको छ । कोशी, बागमती र गण्डकीका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको भने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिकृया दिनुहॊस

This will auto close after