सिटिजन्स बैंकले शेयरधनीलाई ३.६% बोनस शेयर र १.६% लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले आ.व.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि उक्त प्रतिवेदनमा पारित गरेको छ ।

बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना  शेयरधनीहरुलाई ३.६ प्रतिशत बोनस शेयर तथा करीव १.६ प्रतिशत नगद लाभांश दिने भएको छ । सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुबाट तल झर्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट निरन्तर घट्न थालेको छ । साताको तेस्रो …

प्रतिकृया दिनुहॊस

This will auto close after