News desk

अाजबाट मध्य भोटेकोशीको आइपिओ, शेयर भर्न के-के चाहिन्छ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता …

पुरा पढ्नुहॊस »

२५ स्थानमा केबुलकार सञ्चालन गर्न प्रस्ताव

काठमाडाैं । नेपालका थप २५ स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ । अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै …

पुरा पढ्नुहॊस »

२० वर्षे सवारीसाधन जोगाउन यसरी हुँदैछ चलखेल

काठमाडाैं । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयू २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयू २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा वढाउन लागिएको खबर आजको कारोबार दैनिकमा शिव बोहराले लेखेका छन् । आफ्नै नीति लागू गराउन नसकेको सरकारले व्यवसायीको दवावमा अर्को निर्णय गर्न लागेको छ। यसमा वातावरण मन्त्रालयले मौन समर्थन जनाएको छ । भारतमा …

पुरा पढ्नुहॊस »

संघीयता कार्यान्वयनः सुरक्षाकर्मी तेब्बर बढी खटाउनुपर्ने

काठमाडाैं । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । गृहमन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० लाई परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्माबाट विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बरले बढ्नेछ । यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ । अहिले विशिष्ट र अतिविशिष्ट ब्याक्तिहरूको सुरक्षामा …

पुरा पढ्नुहॊस »

कलेजोमा रोग लागेको कसरी थाहा पाउने ?

काठमाडाैं । अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ । कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो । तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था पनि आउन सक्छ । सामान्यतया कलेजोमा समस्या आउँदा हामीले ध्यान दिएका हुँदैनौँ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । थकान महसुस हुनु, अत्यधिक भोक लाग्नु कलेजो रोगको प्रारम्भिक लक्षण …

पुरा पढ्नुहॊस »

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको बिदाइ

काठमाडाैं । अाज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो । गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारको दायाँबायाँ बेहुलीझैँ सिङ्गारेर छठ …

पुरा पढ्नुहॊस »

काठमाडौँमा मुख्यमन्त्री डोरमणि पौडेलको ‘शंकास्पद’ निवास

काठमाडाैं । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन्। संघीय राजधानी काठमाडौँमा उनकै लागि अर्को निवास छ। त्यो पनि सरकारी। त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरिदिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्। त्यही आइएनजीओ एसिया फाउन्डेसनको साहयोगमा उनी प्रदेशका १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका छन्। तीन तले घरको बीच तलामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो …

पुरा पढ्नुहॊस »

महिलासम्बन्धी विवादमा तानिएपछि प्रदेशमन्त्री सोडारी बर्खास्त, पार्टी सदस्यबाट समेत निकालिए

काठमाडाैं । सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पदीय आचरणविपरीत काम गरेको ठहर्याउँदै मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका छन् भने नेकपाले पार्टी सदस्यबाट समेत निलम्बन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मंगलबार पदबाट हटाएका हुन्। ‘पदीय आचरणविपरीत कार्य गरेकाले पदमुक्त गरिएको हो,’ मुख्यमन्त्री भट्टले पत्रकारहरुसँग भने। आचरण विपरितको त्यस्तो के कार्य हो भन्ने उनले खुलाएनन्। श्रोतका अनुसार सोडारी महिलासम्बन्धी विवादमा तानिएपछि प्रधानमन्त्री ओलीले सोमबार मुख्यमन्त्री भट्टलाई …

पुरा पढ्नुहॊस »

ओलीले एक महिनाअघि उद्घाटन गरेका विजुली बस पुल्चोकमै थन्किए

काठमाडाैं । महिनादिन अघि उपत्यकामा भित्र्याइएका पाँच वटा ‘बिजुली बस’ ललितपुरको पुल्चोकमै थन्किएका छन् । लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई यातायातको सुलभ पहुँचका लागि ल्याइएको बस चढेर प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरेका थिए । ती बस एडिबीको आर्थिक सहयोगमा लुम्बिनी विकास कोषले किनेको थियो । यो खबर आजको कान्तिपुरले छापेको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म काठमाडौं उपत्यकामा चलाउने गरी साझा यातायातले संयोजन गर्ने मौखिक सम्झौता भएको …

पुरा पढ्नुहॊस »

समृद्धि माग्दै सडकमा ३ किमि घस्रिए विराटनगरका मेयर

काठमाडाैं । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलो मिटर घस्रिँदै घाट पुगेर छठ पूजा गरेका छन् । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चयन मन्दिरबाट परोपकार घाट पुगेका खबर आजको नयाँ पत्रिकामा विराटनगरबाट गणेश लम्सालले लेखेका छन् । मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजेबाट दण्डवत यात्रा आरम्भ गरेका थिए । उनलाई तीन किमी यात्रा गर्न साढे तीन घण्टा लागेको थियो । उनीसँगै भतिजाहरु प्रमिस …

पुरा पढ्नुहॊस »
This will auto close after