प्रधानमन्त्रीलाई भोलि बिहानसम्म डिस्चार्ज गरिने

काठमाडाैं । छातीको संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्ण सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार आज साँझ वा भोलि (शनिबार) बिहानसम्म प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी छ ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे केहीबेरमा हेर्छौं’, डाक्टर सिंहले भनिन्, ‘कि आज साँझ नभए भोलि बिहान डिस्चार्ज गरिन्छ ।’ औषधीको मात्रा शुक्रबार साँझ पूरा हुने उनले बताइन्। संक्रमण भएको बिरामीलाई प्राय: एक साता औषधी प्रयोग गरिन्छ ।

रुघाखोकी, ज्वरो र छातीको संक्रमणपछि प्रधानमन्त्री सोमबार बिहान त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । डाक्टर अरुण सायमी नेतृत्वको चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिराखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री