बीजेपी नेता अनिल परिहार र उनका भाइको गोली हानी हत्या

काठमाडाैं । भारतीय जनता पार्टी (भाजपा) का जम्मु काश्मिर राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ । सचिव परिहार र भाइ अजित परिहारको अज्ञात समूहले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ ।

घटना डोडा जिल्लाको किस्तवाड कस्बेमा भएको हो । घर फर्कंदै गर्दा दुबैमाथि गोली प्रहार भएको हो । जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै एक उच्च कोटाको नेता गुमाएको बताएका छन् । कौलले घटनाको भत्सना गरेका छन् ।

घटनापछि किस्तवाड कस्बेमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । गोली किन हानियो भन्ने पुष्टि भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । बीजेपीका अध्यक्ष अमित साह र गृहमन्त्री राजनाथ सिंह लगायतले घटनाप्रति खेद व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस