News desk

डेढ करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन, आर्थिक अनियमितताको आशंका

काठमाडाैं । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ। केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन पौडेलले लेखेका छन्। पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा. रामकुमार मण्डल अस्पतालका …

पुरा पढ्नुहॊस »

स्थानीयले दिए काठमाडौं-तराई फास्ट ट्रयाकको काम रोक्ने चेतावनी

काठमाडौं । तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अबरोध गर्ने चेतावनी दिएका छन्। स्थानीयले सरकारबाट उचित मुआब्जा नपाएको गुनासो गरेका खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा सोमबार खोकना र बुङमतीका बासिन्दाले फास्ट ट्रयाक निर्माण आफूहरुको सहमती विपरित भएको भन्दै निर्माण कार्य तत्काल रोक्न माग गरेका हुन्।

पुरा पढ्नुहॊस »

महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो

काठमाडाैं । महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल सम्पत्तिमाथि छानविन अघि वढाएको छ। महालेखाले आगामी वार्षीक प्रतिवेदनमै समेट्ने गरी आईएनजिओको चलअचल सम्पत्ति, विदेशबाट बार्षीक रुपमा भित्रिएको रकम तथा खर्चको एकिन विवरणबारे कार्यमूलक लेखापरीक्षण थालेको हो। यो खबर आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन्। चालु आवमा २०४ परियोजना अन्तर्गत २४ अर्ब ९५ करोडको योजना आईएनजिओहरुले सञ्चालन गरिरहेका छन्। तीन सय आईएनजिओलाई ७४ अर्ब २२ करोड रुपैयाँ खर्च गर्न …

पुरा पढ्नुहॊस »

आजदेखि श्रमिकलाई पेन्सन कार्यक्रम लागू हुँदैः कस्ता श्रमिकले पाउँछन् पेन्सन ?

काठमाडाैं । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अबकासपछि आजीवन निवृत्तिभरण (पेन्सन)को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ। यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दैछ। यो खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अबस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो। सामाजिक सुरक्षा …

पुरा पढ्नुहॊस »

जोर्डनमा दुई नेपाली चेलीको रहस्यमय मृत्यु

काठमाडाैं । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपाली चेलीले ज्यान गुमाएका छन्। कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गार्मेन्टको कामका लागि गएका उनीहरूको एक महिनाभित्र एउटै भवनमा २ जनाको ज्यान गएको हो। यो खबर आजको समाचारपत्र दैनिकमा सूर्यप्रसाद अर्यालले लेखेका छन्। सिन्धुपाल्चोक बाह्रबिसे थापागाउँकी रोशनी रसाइली बाथरुममा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । बिहान बाथरुम जान्छु भनी निस्किएकी रसाइली नफर्किएपछि बाथरुम गई हेर्दा मृत अवस्थामा भेटिएको …

पुरा पढ्नुहॊस »

डा केसीले दिए सरकारलाई तीन हप्ताको समय, माग पुरा नभए पुस २ गतेबाट अनसन बस्ने

काठमाडाैं । डा. गोविन्द केसीले माग पुरा गर्न सरकारलाई तीन हप्ताको समय दिएका छन् । उनले पुस २ गतेसम्म पनि माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका हुन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले उक्त समयसहितको चेतावनी दिएका हुन् । डा केसीले तीन बुँदे माग राखेका छन्। १. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् । क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर …

पुरा पढ्नुहॊस »

श्रमिकका लागि पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा

काठमाडाैं । नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजनाको सुरुवात हुने भएको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट योजनाको सुरुवात गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । योजनाको शुभारम्भ कार्यक्रम  विहान ११ः३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने छ । योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ युगको सुरुवात गर्नुका साथै दिगो व्यवसायिक वातावरणमा श्रम सम्वन्धको निर्माण गर्ने  मन्त्रालयको भनाइ छ । सामाजिक …

पुरा पढ्नुहॊस »

निर्मलाका बुवाको उपचारकाे जिम्मा मानसिक चिकित्सकलाई

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराजको उपचारको जिम्मा मानसिक र मेडिसिन चिकित्सकलाई लगाइएको छ । धर्ना दिने क्रममा असामान्य व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई बेहोस बनाई गाडीबाट राजधानी ल्याइएको थियो । लगत्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनलाई आकस्मिक कक्षका डा.तीर्थमान शाक्य नेतृत्वको टोलीले हेरेको थियो । रिपोर्टहरुले ज्वरो आएको र मुटुको धड्कन बढेको बाहेक अन्य कुनै समस्या नदेखाएपछि यज्ञराजलाई आकस्मिक विभागबाट मानसिक …

पुरा पढ्नुहॊस »

रिटोटलिङ र माइग्रेसनको फारम अब सम्बन्धित क्याम्पसबाटै

काठमाडौं । एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ । गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन शाखास्थित हेल्लो सरकारमा फोन गरेर ‘मोरङको विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा निःशुल्क उपलब्ध हुनुपर्ने रिटोटलिङ फारम क्याम्पस प्रशासनले नराख्ने भएकाले विद्यार्थीले बाहिरबाट किन्नुपरेको र त्यसको आधिकारिक भ्याट बिलसमेत पसल सञ्चालकले …

पुरा पढ्नुहॊस »

आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

काठमाडाैं । बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनर्निर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ । आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन ४८ लाख सहयोग गर्ने भएको हो । आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुगेका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिवद्धता जनाएको हो । घटनास्थलको अनुगमन …

पुरा पढ्नुहॊस »