नेपाल र थाईल्याण्डबीच एेतिहासिक हवार्इ सम्झौता

काठमाडाैं । नेपाल र थाईल्याण्डबीच सन १९७१ मा भएको हवाई सम्झौता नवीकरण भएको छ । थार्इल्यान्डको बैंककमा भएको सम्झौतापछि थार्इल्यान्डका सबै विमानस्थलमा नेपाली जहाज जान पाउने बाटो खुलेको छ । समझदारी पत्रमा हप्तामा कम्तीमा २८ वटा जहाज उडान हुने र जुनसुकै विमानस्थलमा अवतरण गर्न पाउने उल्लेख छ । दुबै देशले कार्गो विमानको संख्यामा सीमा नतोक्ने पनि उल्लेख छ ।यस्तै नेपालका निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई विमानद्वारा उडान गर्न उत्प्रेरित गर्ने पनि सम्झौता भएको छ । समझदारीमा तेस्रो देशसँग ‘कन्ट्री कोड’ सम्झौता गरेर पनि उडान गर्न सक्ने उल्लेख छ । नेपाली पक्षका  वायुसेवा कम्पनीले दुई वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र पूर्वी एसियाली देशमा मध्यस्थ बिन्दुको रुपमा तथा दुईवटा दक्षिण पूर्वी एसियाली, उत्तरपूर्व र प्रशान्त क्षेत्रका देशमा गन्तव्यपछि पाँचौ हवाई ट्राफिक गन्तव्यको रुपमा प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

थार्इ पक्षले भारतबाहेकका २ वटा दक्षिण एसियाली, दक्षिण पूर्वी एसियाली र मध्य पूर्वका देशमा मध्यस्थ विन्दुको रुपमा दुईवटा र भारतको नयाँ दिल्लीबाहेकका अरु दुईवटा गन्तव्य पछिको बिन्दुमा पाँचै हवाई ट्राफिकको रुपमा प्रयोग गर्न पाइने पनि सहमति भएको छ  । नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी भैरहँदा थार्इल्यान्डसँग भएको सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस युनियनको ताला

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ …

प्रतिकृया दिनुहॊस