तिहार नजिकिँदै गर्दा आठ करोडको तास, कहाँबाट अाउँछ यत्राे तास?

काठमाडाैं । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा भित्रिएको खबर सन्तोष न्यौपानेले आजको नागरिक दैनिकमा लेखेका छन्। नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ।

तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ। साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ । असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ। विगतका तथ्यांक हेर्दा तिहार आउनुभन्दा एकदुई महिनाअघि मात्रै ठूलो परिमाणमा तास आयात भएको देखिन्छ।

चालु आवमा पनि सबैभन्दा बढी तास चीनबाट आयात भएको छ। तथ्यांकअनुसार चीनबाट ७ करोड ८७ लाख ४६ हजार रुपैयाँका ५१ लाख ५० हजार ८ सयभन्दा धेरै प्याकेट तास आयात भएको छ। बाँकी तास भारत र बेलायतबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

नेपालमा अमेरिका, हङकङ, मलेसिया, पोल्यान्ड, ताइवान, थाइल्यान्डबाट पनि तास आयात हुन्छ। मुलुकमा हरेक वर्ष आयातमा वृद्धि हुँदै गए पनि तास खेल्न भने प्रतिबन्ध लागेको छ। मनोरञ्जनका लागि जुवा घर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ। सरकारले तास खेल्नेमाथि कारबाही गरे पनि यसको बिक्रीमा भने कडाइ गरेको छैन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस