News desk

निफको जुरीमा प्रदीप खड्का, दिया मास्के र किशोर आचार्य मनोनीत

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ) को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ । महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो । ‘महोत्सवमा तीन विधामा तीन सदस्यीय समिति रहने प्रावधानअनुरुप नेपालतर्फका निर्णायक सदस्यको नाम टुङ्गो लागेको हो, …

पुरा पढ्नुहॊस »

डिउटीमा खटिएका दुई प्रहरी रुकुमका युवाबाट कुटिए

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थानीय युवाको विवाद मिलाउन गएका प्रहरी जवानमाथि नै आक्रमण भएको छ । आक्रमणमा परेर दुई जना प्रहरी जवान घाइते भएका छन् । स्थानीय युवाको आक्रमण परेर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काका अनुसार आइतबार साँझ बाँफिकोट गाउँपालिका–३ स्यार्पु ताल नजिकै स्थानीयबीच भएको विवाद भएको थियो । त्यही विवादबारे …

पुरा पढ्नुहॊस »

त्रिविको सेवा अनलाइनबाटै, अब लाइन बस्नु नपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आजदेखि सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने छ । केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ । ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन कसरी दिने ? १. सबैभन्दा पहिले यहाँ …

पुरा पढ्नुहॊस »

ललितपुरमा जर्मन महिलाको शंकास्पद मृत्यु, टाउकोमा चोट

काठमाडौं । ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ । मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् । मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । उनी करिब ५५–६० उमेरकी छन् ।

पुरा पढ्नुहॊस »

राजालाई सरापेर राजनीति गर्ने दिन सकिए : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजालाई सरापेर राजनीति गर्ने दिन सकिएको बताएका छन् । उनले अब राजालाई गाली गर्ने होइन गणतन्त्रको डेढ दशकमा देशले राष्ट्रियता, सुशासन, विकास, सेवा प्रवाह र रोजगारी जस्ता विषयमा के कस्ता उपलब्धिहरू प्राप्त गर्न सक्यो त्यो देखाउन सक्नु पर्‍यो भन्दै प्रश्न तेर्साएका छन् । मौका मिले त्यही राजा ठिक हुने नमिले बेठिक हुने प्रवृत्ति दल र नेतामा रहेको उनको बुझाई छ । ‘राजा …

पुरा पढ्नुहॊस »

शौचालयको बाल्टिनमा डुबेर १८ महिने बालकको मृत्यु

काठमाडौं । कालिकोटकाे रास्कोट नगरपालिका-९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोराको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो १८ महिने होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । तनहुँमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार करिब ८ बजेर ५० मिनेट जादा आबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित पृथ्वी राजमार्ग सडकमा आबुखैरेनीबाट डुम्रे आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनि ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्र ३-०२-००९ प ८५३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । तनहुँका डिएसपी मोहन बहादुर खाणका अनुसार मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानालाई …

पुरा पढ्नुहॊस »

एनआइबिएल स्टेबल फण्डमा ७ करोड ८५ लाखभन्दा बढी इकाइका लागि आवेदन

काठमाडाैं । एनआइबिएल स्टेबल फण्डको इकाइ माघ २ गतेदेखि बिक्री खुला भएको छ। एनआइएमबी एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत एनआइबिएल स्टेबल फण्ड बन्दमुखी योजनाको १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाइ प्रति इकाइ १० अंकित मूल्यका दरमा बिक्री खुला गरेको हो। उक्त निष्कासनमा शुक्रबार दिउँसो १२:३० बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकहरूद्वारा ७ करोड ८५ लाख ८१ हजार ५२० …

पुरा पढ्नुहॊस »

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया

काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा रतन लाल केडिया चयन भएका छन्। कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरुमध्येबाट अध्यक्षमा रतन लाल केडिया लाई चयन गरेको हो । साधारणसभाले रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्कालाई संचालक चयन गरेको थियो । अध्यक्ष रतन …

पुरा पढ्नुहॊस »