News desk

बैंकर्स संघ र केयुले तथ्यांकमा आधारित अनुसन्धान गर्ने

काठमाडाैं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय के.सी. ले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुई पक्षले मुख्यतयः आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धानमार्फत् नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरूको माध्यमबाट …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियाले मासिक तीन लाख पारिश्रमिकमा श्रमिक लैजाने

काठमाडौं । दक्षिण कोरियाले मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरेको छ । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी दिइएको हो । अहिले दक्षिण कोरियामा नेपालीहरुले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् । ‘दक्षिण कोरियामा लाखौंको संख्यामा नेपालीहरूले काम गरिरहेका छन्, मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्,’ मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, ‘उहाँहरूले मासिक ३ …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले ल्यायो ओभरड्राफ्ट कार्ड, के छन् विशेषता ?

काठमाडौं । कृषि विकास बैकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेविट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त भइने बैंकले जनाएको छ । कृषि विकास बैंकमा भएको तलवी खातामा रकम मौज्दात सकिएपछि रु.२ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा छुट

काठमाडाैं । हिमालयन लाइफ ईन्स्योरेन्सले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट दिने जनाएको हो । जस अनुसार कम्पनीले ३ वर्षसम्म व्यतीत अवधि भएको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने उल्लेख गरेको छ । त्यसैगरी, ३ वर्षदेखि ५ वर्षसम्म व्यतीत रहेको बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट दिने जनाएको छ । यसैगरी, …

पुरा पढ्नुहॊस »

बुधबारदेखि हिउँदे वर्षाको पूर्वानुमान, विभागले जारी गर्‍यो विशेष बुलेटिन

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौं । अतन्त : नेपालमा हिउँदे वर्षा हुने भएको छ। वर्षा र हिमापात हुने भएपछि जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को कारण नेपालमा वर्षा र हिमपात हुने छ । बुधबार अपरान्हबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरले ५ वडाबाट बीमितलाई सेवा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ । त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा …

पुरा पढ्नुहॊस »

कांग्रेस निकट आदिवासी जनजाति महासंघका चार सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा थप चार सदस्य मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार थप सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । थपिएका सदस्यहरूमा बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरुङ, चितवनका इन्द्रमाया लामा र धादिङका सानुराम घले रहेका छन् । ओमबहादुर घर्तीमगरको अध्यक्षतामा सो महासंघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।

पुरा पढ्नुहॊस »

निर्माणाधीन घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

काठमाडौँ । पोखराको लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ निवासी इञ्जिनियर प्रविण भट्टराईको मृत्यु भएको छ । मंगलबार लेकसाइडस्थित चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलामा तातोपानी परीक्षण गर्न गएका भट्टराई अचानक लिफ्टबाट खसेका थिए । कास्की प्रहरीका अनुसार मुक्ति इनर्जी प्रालिमा कार्यरत भट्टराई लिफ्टबाट खसेर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले आज (मङ्गलवार) सिफर मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको हो । पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी एवं पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ । खान र कुरैशीमाथि पाकिस्तानको अत्यन्तै गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको छ । पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका …

पुरा पढ्नुहॊस »

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार ५ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको …

पुरा पढ्नुहॊस »