News desk

राहदानी कार्यालयका कम्प्युटर इन्जिनियर भट्टराईविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिपुरेश्वरस्थित राहदानी कार्यालयका कम्प्युटर इन्जिनियरिवरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । राहदानी कार्यालयका तत्कालीन इन्जिनियर प्रदीप भट्टराईले नियमित तरिकाले प्राप्त हुने राहदानीका लागि समेत ३४ हजार घुस लिएको देखिएकाले उनीविरूद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले राहदानी बनाउन घुस दिने सुमी धामी भनिने सुमित्रा सापकोटाविरूद्ध पनि मुद्दा दायर गरेको छ । सापकोटाले भट्टराईलाई घुस लिन कसुरजन्य कार्य गर्न दुरुत्साहन दिएको पुष्टि भएको …

पुरा पढ्नुहॊस »

सूर्यदर्शन सहकारीका थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौँ । सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।ग त शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो । दुई साताअघि जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । इन्टरपोलको …

पुरा पढ्नुहॊस »

४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गर्दै हर्क साम्पाङ

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङ फिल्म ‘खजुरे ब्रो’ मा देखिने भएका छन् । ‘खजुरे ब्रो’ मा उनी विशेष भूमिकामा देखिँदै छन् । निर्माण टिमका अनुसार फिल्ममा उनको एक मिनेट लामो दृश्य छायाङ्कन गरिएको छ । उनलाई मेयरकै भूमिका देख्न सकिने कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण टिमको भनाइ छ । कमेडी जनरामा बन्ने फिल्मको लेखन …

पुरा पढ्नुहॊस »

लिङ्देनलाई रेखाको जवाफ- छोरी अमेरिका पठाएर उपदेश दिने नैतिकता कस्तो हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति अभिनेत्री तथा सोही पार्टीकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाले आपत्ति जनाएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले रेखा थापातर्फ इङ्गित गर्दै बच्चा जन्माउनका लागि अमेरिका गएकोप्रति कटाक्ष गरेका थिए । उनले एउटी महिलाले पहिलोपटक पाउने सन्तान अब यो धर्तीमा जन्माउन नचाहने अवस्था आएको बताएका थिए । ‘चर्चित कलाकारले बेबी प्लान भनेर पोष्ट गर्नुभयो । उहाँ …

पुरा पढ्नुहॊस »

देउवाले गरे थारू संघमा ९८ जना मनोनित (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारू संघमा ९८ जना सदस्य मनोनित भएका छन् । थारू संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन् । कांग्रेसले भातृ संस्थाको अधिवेशनमार्फत नेतृत्व स्थापित गर्नुभन्दा पनि तदर्थ कार्यसमितिमै सदस्य मनोनित गर्दै आएको छ । यसअघि तरुण दलमा पनि मनोनित भएका थिए ।  

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो । तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

भरतपुरमा बोलेरोले बाइकलाई ठक्कर दिँदा बुवाको मृत्यु, छोरी गम्भीर

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१६ शिबघाटमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते छन् । शनिबार साँझ भएको दुर्घटनामा बुवाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी हुन् । शरणपुरबाट नारायणगढ आउँदै गरेको बा प्र ०३-००१ च ११९७ नं को बोलेरोले बा प्र ०३-००३प ८६२४ नं को मोटरसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार …

पुरा पढ्नुहॊस »

घुससहित पक्राउ परेकी मालपोतकी अधिकृत पनेरु हाकिम भ्रष्टाचारी ठहर

काठमाडौं- घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई सजाय सुनाइएको छ । शुक्रबार विशेष अदालतले उनलाई ६ महिना कैद र डेढ लाख रुपैयाँ जरिवाना हुने सजाय तोकेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख महतलाई एक लाख ५० हजार रुपैयाँसहित ११ वैशाख २०७९ मा नियन्त्रणमा लिएको थियो …

पुरा पढ्नुहॊस »

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग (सूचनासहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको हो । अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ । योग्यता पुग्ने, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले आवेदन दिन सक्ने मन्त्रालयले उल्लेख गरेको …

पुरा पढ्नुहॊस »
This will auto close after