मेनुका पौडेलले अब आँखा देख्न सक्ने !

काठमाडौं । इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भइसकेकी मेनुका पौडेल उपचारपछि देख्न सक्ने हुने बताइएको छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले हिंड्न, मान्छे चिन्न र पढ्नसक्नेछन् ।

मेनुकालाई यो उपचारमा इण्डियन आइडलले मद्दत गर्ने भएको हो । आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए ।

कार्यक्रममा चिकित्सकको एक भिडियो समेत देखाइएको थियो । डाक्टरको भिडियाले कार्यक्रममा निर्णायक र प्रतियोगीमा समेत खुसी छाएको थियो । निर्णायक मध्यकी एक श्रेया घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस