काठमाडौं । कास्की- क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई विदेशीसहित ६ जना पक्राउ परेका छन् । मंगलबार कास्की प्रहरीले पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटीका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्य प्रदेशका ३२ वर्षीय ईस्मत कौर रहेका छन् । यस्तै, पोखरा–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनार, पोखरा–९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् ।
क्यानडा लैजान्छु भनी प्रलोभन देखाई अन्तर्वार्ता लिइरहेको अवस्थामाा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।




