News desk

अवैध कल बाइपासमा संलग्न दुई जना पोखराबाट पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पोखरा महानगपालिका–११ सिद्धेश्वर मार्गस्थित विशाल गौतमको तीन तले घरबाट कल बाइपासमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । सीआईबीले जिल्ला प्रहरी कार्यालय पोखराको टोलीसँग मिलेर विशाल साह कलवारले भाडामा लिएर १२८ पोर्ट क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कल बाइपास गरिरहेको अवस्थामा शुक्रबार उनीहरूलाई पक्राउ …

पुरा पढ्नुहॊस »

त्रिविका उपकुलपति बरालले गरे पदभार ग्रहण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । किर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर बरालले आज पदभार ग्रहरण गरेका हुन् । उनलाई निमित्त उपकुलपति शिवलाल भुसालले पदभार ग्रहण गराए । बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिस अनुसार बराल उपकुलपति नियुक्त भएका हुन् ।

पुरा पढ्नुहॊस »

अभिनेत्री रेखा थापा बनिन् आमा, छोरीको नाम ‘वैभबी राज्यलक्ष्मी शाही ठकुरी’

काठमाडौं । नेपालकी चर्चित अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको पनि जानकारी दिएकी छन् । केही समयअघि मात्र रेखा श्रीमानसहित अमेरिका पुगेकी थिइन् । अमेरिकाको कोलोराडो स्प्रिंग्सस्थित अस्पतालमा थापाले छोरीलाई जन्म दिएकी हुन् ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित श्री सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूलाई आश्रय दिई रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरू उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ । वृद्धाश्रममा आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले सहयोग स्वरूप सामग्रीहरू …

पुरा पढ्नुहॊस »

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ । बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् । दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एम्.डी.आर.टी कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुई दिनको ‘एम्.डी.आर.टी.(Million Dollar Round Table) २०२४’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसूचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरूले उपस्थिति जनाएका थिए । यस कार्यक्रमका मुख्य वक्ता डा.योगी …

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ना भएका २४० नेपालीद्वारा उद्धारको याचना

काठमाडौं । रुसी सेनामा भर्ना भएका २ सय ४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । उनीहरूका आफन्तमार्फत परराष्ट्र मन्त्रालयमा निवेदन दिएका हुन् । उजुरी दिएको आधारमा कन्सुलर सेवा विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रुसी सेनामा कार्यरत ४५ जना नेपाली स्वदेश फर्किसकेका छन् । रुसी सेनामा कार्यरत १३ जना नेपालीको मृत्यु भइसकेको छ । रुसले मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन तयार भएको छ ।

पुरा पढ्नुहॊस »

घुस लिएको आरोप लागेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर

काठमाडौं । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ । ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।

पुरा पढ्नुहॊस »

फुटबलर किरण चेम्जोङ बने बुवा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् । राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै आफू बुवा बनेको जानकारी दिएका हुन् । किरणले श्रीमती कञ्चन निरौला र बच्चासँगैको तस्वीर सामाजिक सञ्जालमा राखेका हुन् । मेडिसिटी अस्पतालमा बच्चा जन्मिएको समेत उनले जनाएका छन् । किरणले गत वर्ष एयरहोस्टेस रहेकी कञ्चनसँग विवाह गरेका थिए ।

पुरा पढ्नुहॊस »

महिलाका अन्तरंग भिडिओ सार्वजनिक गर्ने युवक काठमाडौँबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत् महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका-४ का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले …

पुरा पढ्नुहॊस »