सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

कम्पनीले १ः०.२७ को अनुपातमा प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेका छन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ क्यापिटलको सीईओमा मनीष घिमिरे नियुक्त

काठमाडाैं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनीष घिमिरेलाई नियुक्त गरेको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after