News desk

महोत्तरीको भंगाहा घटनाको छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले महोत्तरीको भंगाहा घटनाको छानबिन गर्न समिति बनाएको छ । गृह मन्त्रालयले मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको जानकारी दिएको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराम मरासेनी सदस्य रहेका छन् । समितिले घटना र त्यसबाट भएको क्षतिको सम्बन्धमा सरोकारवालासँग छलफल गरेर …

पुरा पढ्नुहॊस »

थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय २४ जनाको परीक्षण गर्दा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ र एन्टिजेन विधिबाट २ जना गरी कुल १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ । आज २९ जना संक्रमण मुक्तहुँदा देशभरमा सक्रिय …

पुरा पढ्नुहॊस »

बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं । बाल्टिनको पानीमा डुबेर कैलालीमा एक वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार गौरीगंगा नगरपालिका–२ मालिका टोलका नरीबहादुर ऐरका एक वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। वीरेन्द्र बाल्टिनमा भरिएको पानीमा डुबेर अचेत भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

पुरा पढ्नुहॊस »

नेपालमा थप २ हजार ७ सय २८ जनामा डेंगु संक्रमण

dengu/डेंगुबाट यसरी बच्नुहोस्

काठमाडौं । नेपालमा थप २ हजार ७ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणमा २ हजार ७ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । योसँगै साउन महिना यता देशभरमा ४६ हजार ४ सय १३ जना डेंगुमा संक्रमण भएको हो । उक्त समयमा ५२ जनाको मृत्यु भएको छ । मन्त्रालयको पछिल्लो तथ्यांकमा डेंगुबाट कसैलेपनि नगुमाएको उल्लेख गरिएको …

पुरा पढ्नुहॊस »

डलरको तुलनामा युरो मजबुत

काठमाडौँ । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ । युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री …

पुरा पढ्नुहॊस »

दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गरेको छ । कार्यविधिको संशोधन मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यसउपर कात्तिक २५ गतेसम्ममा सुझाव दिइसक्न भनेको छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारका लागि नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा उपलब्ध गराउँछ । यो बैंक तथा वित्तीय संस्थाहरुको कारोबार फछ्र्यौट प्रक्रियालाई थप सहज बनाउन वास्तविक समयमा उपलब्ध गराइने …

पुरा पढ्नुहॊस »

सभामुख हुँदा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति नै छाड्छु : ओनसरी घर्ती

काठमाडौं । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू सभामुख हुँदा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दावी गरेकी छन् । तिहार पर्वका अवसरमा काठमाण्डौको शंखरापुर नगरपालिका–३ जहरसिंहपौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा नेत्री घर्तीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस्, …

पुरा पढ्नुहॊस »

यी हुन् सत्ता गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभा उम्मेदवार (सूचीसहित)

काठमाडौं । सत्तारुढ गठबन्धनले ४ मंसिरमा हुने प्रतिनिधिसभामा र प्रदेशसभा निर्वाचनका लागि देशभरका आधिकारिक उम्मेदवार तय गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी देशभरका निर्वाचन क्षेत्रको आधिकारिक उम्मेदवार तय गरेका हुन् । शीर्ष नेताहरुले हस्ताक्षर गरेको उम्मेदवार सूची अनुसार केही क्षेत्रमा सत्तारुढ गठबन्धनकै दुई उम्मेदवार …

पुरा पढ्नुहॊस »

वरिष्ठ पत्रकार पाण्डेको निधन

काठमाडाैं । हेटौंडाका वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ । हेटौंडा–४ कमलडाँडास्थित निवासमा उनको निधन भएको हो । उनको लिभर सिरोसिसको कारण केही महिनाअघि मात्र शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यको अनुसार केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल रहेको थियो । उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिएका छन । पत्रकार महासंघ, मकवानपुरका पूर्व अध्यक्ष पाण्डे …

पुरा पढ्नुहॊस »

बाराही हाइड्रोपावरको आइपिओमा कहिलेसम्म दिने आवेदन ?

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाको स्थानिय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि …

पुरा पढ्नुहॊस »
This will auto close after