News desk

‘महापुरुष’ को आइतबार बिहानी शो पनि हाउसफुल, दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन

काठमाडौं । दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्शन गरेको छ । प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्मले तीन दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो । यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । फिल्मले शुक्रबार देशभर एक …

पुरा पढ्नुहॊस »

राप्रपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि घोषणापत्र सार्वजनिक गर्ने भएको छन् । राप्रपा ले सोमबार १४ कात्तिक मा घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सोमबार बिहान साढे ११ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक हुने छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि दलहरुले घोषणापत्र सार्वजनिक गर्ने क्रम सुरु गरेका …

पुरा पढ्नुहॊस »

जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन् । ‘चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत …

पुरा पढ्नुहॊस »

नवलपुर बस दुर्घटना : घाइतेको उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । सरकारले नवलपुरको बुलिङटारमा भएको बस दुर्घटनाका घाइतेको तत्काल उपचार प्रबन्ध गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुलिङटारमा दुर्घटनाग्रस्त ना ६ ख ७५८० नम्बरको बसमा सवार घाइतेको उपचार गर्न निर्देशन दिएका हुन् । पाल्पाको रम्भा गाउँपालिकामा पर्ने हुँगीबाट मनकामना जाँदै गरेको बस बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु र २५ जना घाइते भएका थिए । ‘पाल्पाको रम्भा गाउँपालिकामा हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध …

पुरा पढ्नुहॊस »

मुलघाटको पुलबाट खसेर वृद्धको मृत्यु

काठमाडौँ । धनकुटामा पुलबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको मुलघाटस्थित तमोर नदीको पुलबाट खसेर ६५ वर्षीय छत्रमुखी साङपाङको मृत्यु भएको हो । बिहान करिब पौने ११ बजे पुलमा हिँड्ने क्रममा लडेर नदीको बगरमा खस्दा साङपाङको मृत्यु भएको हो । पुलबाट खसेर भुईँमा बजारिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

ग्वार्कोमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडाैं । ललितपुरको ग्वार्कोमा स्कारपियो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो । उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले …

पुरा पढ्नुहॊस »

रुसी हमलापछि युक्रेनका ४० लाख मानिसको विद्युत् प्रभावित

एजेन्सी । रुसले देशको विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका करिब ४० लाख मानिस प्रभावित भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । ‘अहिले हाम्रो देशका धेरै शहर र अन्य क्षेत्रहरूमा लोडसेडिङको तालिका प्रयोग गर्छन’, नियमति सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने । लोडसेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अबलम्बन गरिएको उनको भनाइ छ । केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य उर्जा केन्द्रहरूमा हमला गरेको थियो । पछिल्ला समयमा रुसी सेनाले …

पुरा पढ्नुहॊस »

एमआरआर ग्रुपलाई फेसबुकले बनायो निस्क्रिय

काठमाडाैँ । नेपाली युवाहरुको ठूलो संख्याले फलाले गरेको एमआरआर (मेन्स रुम रिलोडेड) ग्रुपलाई फेसबुकको कम्पनी मेटाले निस्क्रिय बनाइदिएको छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको भन्दै फेसबुकले यो ग्रुपलाई निस्क्रिय बनाइदिएको हो । तर, एमआरआरका एडमिनले कुन पोस्टका कारण फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको भन्ने खुलाएका छैनन् । फेसबुकमा एडमिनले नै आफ्नो ग्रुप फेसबुकले निस्क्रिय बनाइदिएको जानकारी चाहिँ दिएका छन् । पछिल्लो समय राजनीतिक पोस्टहरु पनि हुन थालेको यो ग्रुप यसअघि …

पुरा पढ्नुहॊस »

मेरा लागि गोरखा अहिलेसम्मका चुनावमध्ये सहज छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्मको चुनावमध्ये आफ्ना लागि गोरखा सहज भएको बताएका छन् । बिहान भच्चेकमा कार्यकर्तासँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गोरखा आफ्ना लागि अहिलेसम्मका चुनावमध्ये सहज भएको बताएका हुन् । गठबन्धनभित्र दरिलो एकता भएको उनको भनाई छ । ‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु,’ उनले भने, ‘गोरखामा निश्चित सपना बोकेर …

पुरा पढ्नुहॊस »

सूर्य थापाको चुनाव प्रचारमा बालबालिका प्रयोग, आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले एमाले उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ । प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो । बालबालिका प्रयोग गरिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको जनाइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१)को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको …

पुरा पढ्नुहॊस »
This will auto close after