News desk

यी हुन् जबरालाई महाभियोग लगाउनुपर्ने ९ कारण

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस भएको छ । ११ सदस्यीय महाअभियोग सिफारिस समितिले बहुमतका आधारमा महाअभियोग लाग्ने गरी तयार प्रतिवेदन पारित गरेका हुन् । जसमा सत्तारुढ गठबन्धनमा आबद्ध दलका ६ सांसद छन् । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् । साथसाथै, महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराको निलम्बन जारी राख्न सिफारिस गरेको छ । सिफारिस प्रतिवेदनमा चोलेन्द्रको निलम्बन निरन्तर …

पुरा पढ्नुहॊस »

अछाम पहिरोमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो (नामावलीसहित)

काठमाडाैँ । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका- ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया …

पुरा पढ्नुहॊस »

दुई पटक विघटन भए पनि प्रतिनिधिसभाले पायो पूर्ण कार्यकाल

काठमाडौं । विभिन्न आरोह-अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पुर्‍याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ । यो प्रतिनिधिसभा विसं २०७७ पुस ५ गते र २०७८ जेठ ८ गते दुई पटक विघटन भयो र दुवै पटक जनताको पहलकदमी र सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएको हो । संविधानमा उल्लेखित शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप शक्ति सन्तुलन र नियन्त्रणसहितको संवैधानिक …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र गेट वे पेमेन्टबीच सम्झौता

काठमाडाैँ । कामना सेवा विकास बैंक युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग आबद्ध रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गर्ने नेपालकै पहिलो विकास बैंक बनेको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यलय ज्ञानेश्वरमा बैक र गेट वेबीच सम्झौता सम्पन्न भएको हो । सेवा सुरु भएपश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपीआइमार्फत कामना सेवा विकास बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले कामना सेवा विकास बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्युआर …

पुरा पढ्नुहॊस »

एनआइसीको दसैंतिहार योजनाः किनमेलमा २० प्रतिशतसम्म क्यासब्याक र छुट

काठमाडौं । एनआईसी एशिया बैंकले दशैं–तिहारलाई लक्षित गर्दै नयाँ योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त दशैं–तिहार महोत्सव’ योजना ल्याइएको बैंकले जनाएको छ । यस योजनामार्फत् भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त बैंकले जनाएको छ। जसअनुसार आज शनिबारदेखि कात्तिक १५ गतेसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले मुद्दती निक्षेपमा १५ प्रतिशतभन्दा माथि ब्याज दिने

काठमाडाैँ । प्रभु बैंकले निक्षेपमा १५ प्रतिशतभन्दा माथि ब्याज दिने भएको छ । उक्त बैंकले मुद्दती निक्षेपमा १५ दशमलव १३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको हो । बैंकले असोज महिनादेखि विदेशबाट रेमिट्यान्स गरी पठाएको रकम मुद्दती खातामा जम्मा गर्दा वार्षिक १५ दशमलव १३ प्रतिशत ब्याज दिने जनाएको छ । बचत खातामा पनि वार्षिक १० दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । सो ब्याजदर असोज १ देखि अर्थात् …

पुरा पढ्नुहॊस »

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, ११ जना बेपत्ता (अपडेट)

काठमाडौँ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको हाे । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीकाअनुसार शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो । पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाकाे उद्धार गरिएको …

पुरा पढ्नुहॊस »

अछाममा पहिरोमा परी ९ जनाको मृत्यु, दर्जनबढी बेपत्ता

काठमाडौँ । अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरी अहिलेसम्म ९ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीकाअनुसार अहिलेसम्म ९ जनाको शव फेला परेको छ । अझै १ दर्जनभन्दा बढी बेपत्ता भएको उनले बताए । पहिरोमा परेर २० जना घाइतेको उद्धार गरिएको हो । कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीकाँधमा गएको पहिरोमा परी ४ …

पुरा पढ्नुहॊस »

चोलेन्द्रसँग अन्तिम बयान लिएर आजै प्रतिवेदन बुझाइने

काठमाडौँ । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिबार बिहान ९ बजेदेखि संसद् सचिवालय सिंहदरबारमा जारी बैठक महाभियोग सिफारिस समितिको बैठकले बयान लिन शुरु गरेको हो । यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका जबराले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको वाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् । समितिका …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाको कार्यकाल राति १२ बजे सकिँदै

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ । २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको यो समाचार तयार पार्दासम्म कुनै कार्यसूची तोकिएको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ …

पुरा पढ्नुहॊस »