काठमाडाैँ । यो वर्षको मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ । मौसमविद् विनु महर्जनले अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि यो वर्ष मनसुन केही दिन पछि धकेलिने देखिएको जानकारी दिइन् ।
मनसुन बाहिरिने मिति पनि अहिलेसम्म यकिन नभएको उनले बताइन् । मनसुन कायमै रहे पनि आगामी ३ दिनको मौसम सामान्य रहनेछ ।
बिहीबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।
मंगलबार बिहान पनि मधेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । यी प्रदेशहरूमा आज दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
तपाईंको प्रतिकृया




