News desk

नयाँ स्टक एक्सचेन्ज विवाद

काठमाडाैं । चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ। ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिवार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक …

पुरा पढ्नुहॊस »

लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्ना साथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । ‘राष्ट्रपतिले संसदबाट दुई-दुईचोटी पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै जिम्मेवार बनौं ।’

पुरा पढ्नुहॊस »

अवैध संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको निर्देशन

काठमाडौं । पछिल्लो समय देशका अधिकांश स्थानीय तहहरुले अवैध संरचना हटाउन चासो देखाउन थालेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो । तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाएर महानगर आफैँले हटाउने चेतावनी दिइएको छ । ‘नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा …

पुरा पढ्नुहॊस »

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक आजपनि

काठमाडौं । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल निष्कर्षमा पुग्न सकेको छैन । मंगलबार बेलुकी कुनै निष्कर्ष बिना बैठक सकिएपछि आज बिहानैदेखि छलफल हुने भएको छ । मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहान ८ बजेदेखि पुन: छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिको कदम व्यवस्थामाथिको प्रहार : वरिष्ठ नेता पौडेल

काठमाडाैं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर अहिलेको राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरण गरेर संवैधानिक अधिकार प्रयोग गर्नुको साटो विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको उनको तर्क छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै …

पुरा पढ्नुहॊस »

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालको मौसममा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी गरेकी छन् । संसद्‌बाट पारित भएको विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्ने अस्वीकार गरेकी हुन् । उनको यो कदम संवैधानिक प्रावधानको उलंघन भएको कानुनविद्हरुको प्रतिक्रिया छ । । संसद्‌बाट पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हटेकी हुन् । अब नयाँ खालको संवैधानिक र कानूनी प्रश्न खडा भएको छ । …

पुरा पढ्नुहॊस »

आइएमई र यूएनसीडीएफवीच अनुसन्धान समझदारी

काठमाडाैं । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसीडीएफ) वीच अनुसन्धान समझदारी भएको छ। समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुवै सँस्थाहरूवीच सहकार्य हुनेछ। यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तकर्ताहरूका समस्या र ती समस्याहरूको न्यूनीकरणमा बढ्ता केन्द्रित हुनेछ। डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ्ग पहुँचको कमजोर अवस्थामा सुधार ल्याउन समेत यो समझदारी उपयोगी हुनेछ । महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि …

पुरा पढ्नुहॊस »

सोपान फर्मास्युटिकल्सले १४ करोड बराबरको आईपीओ निष्काशन गर्ने

काठमाडाैं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएको छ । हाल कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो निष्काशन गर्ने सम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबि …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायाे इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना

काठमाडौँ । नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको NADA EV Expo 2022 मा सहभागी हुुँदै आफ्ना ग्राहक वर्गहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुल्कमा विशेष छुट उपलब्ध गराउनेछ । वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । …

पुरा पढ्नुहॊस »