रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै, बुधबार घोषणासभा हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूहबीच एकता हुने भएको छ । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण पक्षधर समूहलाई राप्रपामा भित्र्याउने घोषणासभा आयोजना बुधबार हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि मिश्रले स्थानीय निर्वाचनपछि विवेकशील साझाको अध्यक्ष र सोमबार साँझ विवेकशील साझाको साधारण सदस्यबाट राजीनामा दिएका थिए । मिश्रले विवेकशील साझामा ‘विचार माथि देश’ दस्ताबेज सार्वजनिक गरेपछि पार्टीमा विवाद बढेको थियो ।

पार्टीको विवादकै बिचमा उनले राप्रपा प्रवेशको छलफल शुरु गरेका थिए । मिश्रले राजतन्त्रको पक्षमा वकालत गर्न शुरु गरेपछि विवेकशील साझाका संयोजक मिलन पाण्डे समूहले उनको विरोध गरेको थियो ।  अब मिश्र राप्रपामा उपाध्यक्ष बनेर प्रवेश गर्न लागेको बुझिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस