डिल्लीराम खनाल परे पक्राउ

काठमाडौं । प्रहरीले डिल्लीराम खनाललाई फेरि पक्राउ गरेको छ । सामाजिक सञ्जाल र अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले बुधबार मात्र सार्वजनिक गरेको छ । झापाको दमक नगरपालिका-५ का ४६ वर्षीय खनालमाथि गृहमन्त्री लामिछानले जीबी राईको हत्या गराइसकेको भनी भ्रम फैलाएको आरोप छ ।

उनीविरुद्ध अनुसन्धानका लागि प्रहरीले अदालतबाट ३ दिनको म्याद थपिसकेको छ । पक्राउ परेका खनाललाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री