सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान गर्न आदेश दिएको हो ।

लामिछानेविरुद्धको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो । गत मंगलबारदेखि काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा जारी बहस शुक्रबार सकिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशीमा नयाँ सरकार गठन आह्वान : मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई अघि सार्ने तयारी

काठमाडौं । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न …

प्रतिकृया दिनुहॊस