मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर : राष्ट्रपति भण्डारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएकी छन् ।

आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरिन् । उनले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताइन् । “मूर्ति अनावरण तथा शिलान्यासमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भनिन्, “यसबाट हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व अझ बढ्न जाने मैले विश्वास लिएकी छु ।”

बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्वलाई पौराणिक ग्रन्थले ठूलो सम्मानका साथ उल्लेख गरेको उनको भनाइ थियो । राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक हिसाबले मुस्ताङ विशिष्ट रहेको बताइन् । “मुस्ताङमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा हाम्रा अमूल्य निधी हुन्, यिनीहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनुपर्छ, यसबाट प्राप्त आर्थिक लाभ यहीँका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनुपर्छ”, उनले भनिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना …

प्रतिकृया दिनुहॊस