शाओमीले सार्वजनिक गर्यो नयाँ रेड्मी ए१ सिरिज, मूल्य कति छ ?

काठमाडाैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए१ सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए१ र रेड्मी ए१+ ले द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्छ ।

जसले प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउने कम्पनीले बताएको छ। रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तर वृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको बताएको छ।

कम्पनीका अनुसार बजेटभित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै, रेड्मी ए१ र रेड्मी ए१+ ‘रेड्मीकै भरोसा’ अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

यी स्मार्ट फोनहरूमा उत्कृस्ट क्यामेरा, भरपर्दो ब्याट्री लाइफ, क्लासिक १६.५५ सेन्टिमीटरको रंगिन डिस्प्ले समावेश गरिएको छ। नन्–स्टप मनोरञ्जन र गुणस्तरको अडियो अनुभवको लागि यी फोनहरूमा शीर्ष स्पिकरहरू जडान गरिएको छ साथै यस उपकरण पूर्व–स्थापित एफएम रेडियो एपको साथ उपलब्ध रहेको कम्पनीले बताएको छ।

साथै यसमा ५००० एमएएच ब्याट्री भएकाले बीना कुनै रुकावट यसको निरन्तर प्रयोग गर्न सकिन्छ। कम्पनीका अनुसार यसमा पावर अपको लागि मिडिया टेक हेलियो ए२२ चिपसेट जडान गरिएको छ जसको सहायताले फोटोग्राफी र भिडियोमा थप क्लारिटी प्रदान गर्छ।

दुवै फोन एन्ट्री–लेभल डिजाइनको साथ तीन रङ (ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु) मा उपलब्ध छ। यसको टेक्सचर्ड डिजाइनले फिंगर प्रिन्टहरू फोनमा रहन नदिन मद्दत गर्छ जसले गर्दा फोन लामो समयसम्म नयाँ देखिन्छ।

रेड्मी ए१+ मा रहेको रियर फिंगर प्रिन्ट सेन्सरले प्रयोगकर्ताहरूलाई सरलतापूर्वक फोन अनलक गर्न मद्दत गर्ने बताइएको छ। दुवै फोनमा रहेको ८ एमपि डुअल एआई क्यामेरा र ५ एमपि फ्रन्ट क्यामेरा सेटअपले प्रयोगकर्ताहरूलाई यादगार पलहरु सहज रूपमा क्यापचर गर्न मद्दत गर्ने कम्पनीले बताएको छ।

रेड्मी ए१ २ जिबी+३२ जिबी भेरियन्टमा ११ हजार ९९९ रुपैयाँ, रेड्मी ए१+ २ जिबी +३२ जिबी र ३ जिबी +३२ जिबी भेरियन्टरू १२ हजार ४९९ रुपैयाँ र १३ हजार ९९९ रुपैयाँमा देशभरका सबै अधिकृत विक्रेताहरूमा उपलब्ध छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ …

प्रतिकृया दिनुहॊस