News desk

मतदान गर्न बञ्चित चित्रबहादुर केसी

काठमाडाैँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार चित्रबहादुर केसी मतदान गर्नबाट बञ्चित भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना भएका केसीको रुपन्देहीकै मतदाता नमावालीमा नाम छ । तर, उनी बाग्लुङमै रहेपछि मतदान गर्नबाट बञ्चित भएका हुन् ।

पुरा पढ्नुहॊस »

चितवनको ब्रह्मस्थानी केन्द्रमा मतदान स्थगित

काठमाडाैँ । चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा रहेको ब्रह्मस्थानी केन्द्रमा मतदान स्थगित भएको छ । उक्त केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिको हो । मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको थियो । उक्त क्षेत्रमा हाल थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पुरा पढ्नुहॊस »

विश्वप्रकाश शर्मा भन्छन्- यो चुनाव परिणामको हो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगरस्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका छन् । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ (२) स्थित मेचीनगर( ९ मा रहेको कविशिरोमणि माविमा मतदान गरेका हुन् । शर्माले बिहान सवा ९ बजे मतदान गरेका थिए । मतदानपछि पत्रकारहरूसँग शर्माले गठबन्धनले देशभरि नै जित हासिल गर्ने कुरामा आफू ढुक्क रहेको बताए । …

पुरा पढ्नुहॊस »

धनगढीमा विस्फोट

काठमाडौँ । कैलालीको धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीकाअनुसार बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने भएको छैन । केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीको भनाई छ ।

पुरा पढ्नुहॊस »

ड्राइभिङ सिटमा बसेर देश हाँक्ने मेरो संकल्प हो : गगन थापा

काठमाडौँ । काठमाडौँ-४ मा कांग्रेसका उम्मेदवार गगनकुमार थापाले मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय हुने बताएका छन् । मतदानपछि संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले यस्तो बताएका हुन् । उनले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रूपमा लिएको छु,’ उनले भने । …

पुरा पढ्नुहॊस »

प्रकाशमान सिंहले पक्नाज्वलबाट गरे मतदान

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । सिंहले काठमाडौँ महानगरपालिकाको नेपाल युवक मावि पक्नाज्वल मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  

पुरा पढ्नुहॊस »

भोट खसालेपछि प्रचण्डले भने- ‘प्रधानमन्त्रीको लागि गठबन्धनमा कुनै समस्या छैन’

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि अहिलेको गठबन्धनमा कुनै समस्या नहुने बताएका छन् । प्रचण्डले चितवन क्षेत्र नं ३ को भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुर मतदान स्थलको क मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारमाझ प्रचण्डले अहिलेको निर्वाचन संविधान संस्थागत गर्न ज्यादै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको लागि गठबन्धनमा कुनै समस्या हुँदैन, निर्वाचनपछि पनि गठबन्धन कायमै रहन्छ, सल्लाहमै प्रधानमन्त्री चयन गरिन्छ ।’ दाहालले भरतपुर १४ …

पुरा पढ्नुहॊस »

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले बिहान ७ बजे काठमाडौँको खानेपानी कार्यालय महान्काल चुच्चेपाटीमा पहिलो मत खसालेका हुन् ।    

पुरा पढ्नुहॊस »

पोस्ट डिलिट गर्नुस् भनेर अनेक धम्की आए: सागर ढकाल

काठमाडाैँ ।  डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका सागर ढकालले मौन अवधिमा फेसबुकमा एक पोष्ट गर्दै गठबन्धनले सकिने बेला दुःख दिने बताएका छन् । उनले आफूलाई गरेका पोष्ट डिलिट गर्न पनि अनेक धम्की आएको बताएका छन् । उनले केही समय अगाडि फेसबुकमा पोष्ट गर्दै लेखेका छन्, ‘मलाई पोस्ट डिलिट गर्नुस् भनेर अनेक धम्की दिँदा संयमित भएर बसे । तर आज म चुप लागे भनेर यसबाट पनि अघि बढेर उहाँहरू हाम्रो टिम …

पुरा पढ्नुहॊस »

देशभर मतदान शुरु, सुगम क्षेत्रमा आजै मतगणना गर्ने तयारी

काठमाडौँ । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान शुरु भएको छ । अहिले केहीबेर अघिदेखि प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान शुरु भएको हो । मुलुकका ७७ वटै जिल्लामा अपराह्न ५ बजेसम्म एक चरणमा मतदान जारी रहनेछ । निर्वाचन आयोगकाअनुसार निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदान …

पुरा पढ्नुहॊस »