गुल्मीस्थित नेपाल टेलिकमको टावरमा आगलागी

काठमाडौँ । सामुदायिक वनबाट सल्किएको आगोका कारण गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ । बुधवार दिउँसो पौने २ बजे मालिका गाउँपालिका-५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट सुरु भएको आगो समयमा नियन्त्रण नहुँदा टेलिकमको टावरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगोले टेलिकमका उपकरणहरूमा समेत क्षति पुर्याएको छ। आगोले टेलिकमको टावरमा भएका ७२ ओटा सोलार ब्याट्री, सोलार प्यानलका तार,विद्युतीय मिटर बक्स र केबुलका तारहरू जलेका छन् ।

आगलागीबाट विभिन्न स्थानमा आठ घरगोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका-६ मोहरेको जंगलमा लागेको आगो बस्तीमा पसेपछि स्थानीय कमल ज्ञवालीको टिनले छाएको दुईतले घरगोठ, एउटा भैँसी र ६ बाख्रा जलेका छन् ।

मोहनबहादुर सुनारको दुईतले घरगोठ र रमेश ज्ञवालीको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । त्यस्तै, इस्मा गाउँपालिका-३ दर्मामचौरमा आगलागी हुँदा पीताम्बर अधिकारीको बंगालो, गोपालप्रसाद पाण्डेयको बंगालो र रामबहादुर भर्तालको गोठ जलेर नष्ट भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आदेशले फर्किएका फणीन्द्रले लिए ऊर्जामन्त्रीको सपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन् । …

प्रतिकृया दिनुहॊस