ड्राइभिङ सिटमा बसेर देश हाँक्ने मेरो संकल्प हो : गगन थापा

काठमाडौँ । काठमाडौँ-४ मा कांग्रेसका उम्मेदवार गगनकुमार थापाले मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय हुने बताएका छन् । मतदानपछि संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले यस्तो बताएका हुन् ।

उनले सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रूपमा लिएको छु,’ उनले भने ।

कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको उनको जिकिर छ । उनले अगाडि भने, ‘यदि बदलाव आयो भने कांग्रेसभित्र आउने हो, जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो, संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प हो ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री