News desk

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले बिहान साढे १० बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । राजघाट पुगेर गान्धी प्रति पुस्पगुच्छा अर्पण गर्नेछन् । राजघाटबाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको डिजिटल प्रणालीमार्फत क्याम्पसको शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ। बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दैै यी क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड …

पुरा पढ्नुहॊस »

सुनुवाइ हुन सकेन रेशम चौधरीविरुद्धको मुद्दा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुन सकेन । मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिए पनि हेर्न नभ्याएकाले सुनुवाइ नभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा निवेदन दिएकी थिइन्। सो दिन समय अभावका कारण दर्ता नभएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको थियो । राष्ट्रपति …

पुरा पढ्नुहॊस »

डा. रमेश बलायरको मनको बिम्बबाट नामक कविता संग्रह सार्वजनिक

काठमाडाैं ।  डा. रमेश बलायरको मनको विम्बबाट नामक कृतिको बुधबार लोकापर्ण गरिएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्व गृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा पुस्तकको लोकापर्ण गरिएको हो । पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ । पुस्तकलाई साझा प्रकाशनले प्रकाशन गरेको छ भने वोदि बुक्स एण्ड वेक्स नक्सालले एक भव्य समारोहकाबीच कृतिलाई पाठकमाझ सार्वजनिक गरेको छ । १८८ पृष्ठको यस कविता संग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई …

पुरा पढ्नुहॊस »

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र दुई अर्ब ६० करोड अनुदान सहयोग

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । विश्व बैंकअन्तर्गतको इन्टरनेसनल …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री लेखीले गरिन् स्वागत

काठमाडौं । नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा पुगेका थिए । विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डको स्वागतमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो …

पुरा पढ्नुहॊस »

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ

काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले नागरिकताविधेयकको विरोधमा नाराबाजी समेत गरेका थिए । राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष …

पुरा पढ्नुहॊस »

आइएमई पे र निसर्ग अस्पतालबीच सम्झौता, २५ प्रतिशतसम्मको छुट

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरुले २५ ५ सम्म छुट प्राप्त गर्न सक्ने छन्। सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा …

पुरा पढ्नुहॊस »

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौँ । सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले पौडेललाई महानिर्देशक नियुक्त गरेका हुन् । यसअघिका महानिर्देशक चक्रबहादुर बुढा २७ वैशाखमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयमा सरुवा भएका थिए । त्यसपछि पौडेललाई अर्थमन्त्रालय अन्तर्गतको विभामा ल्याइएको हो । पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका हुन् ।

पुरा पढ्नुहॊस »